
पर्वत – विदेशबाट फर्किएकाहरुको कोरोना जाँचको नतिजा आउने क्रम शुरु भएको छ । पछिल्लो रिर्पोट अनुसार जिल्लाको जलजला गाउँपालिकाका ९ जनाको रिर्पोट नेगेटिभ आएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश पोखराका अनुसार पर्वत जिल्लामा थप ९ जनामा कोरोना संक्रमण नेगेटिभ आएको हो ।
उनीहरुको पर्वत अस्पताल र स्वास्थ्य कार्यालयले थ्रोड स्वाब संकलन गरेको थियो । योसंगै पर्वत जिल्लामा कुल २३ जनाको रिर्पोट नेगेटिभ आएको छ । बाँकी ९ जनाको रिर्पोट भने आउन बाँकी रहेको छ । उनीहरु फलेवास नगरपालिका क्षेत्र भित्रका हुन ।
हालसम्म ३२ जनाको स्वाब संकलन पर्वत जिल्लामा भएको छ ।