सामान्य बन्दै प्रधानमन्त्री ओलीको स्वास्थ्य - News site from Nepal
सामान्य बन्दै प्रधानमन्त्री ओलीको स्वास्थ्य

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यअवस्थामा क्रमिक रुपमा सुधार भइरहेको अस्पतालले जनाएको छ ।

अस्पतालका निर्देशक डाक्टर प्रेम कृष्ण खड्गाले एक विज्ञप्ती जारी गर्दै प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था र परीक्षणहरुको सूचक सामान्य रहेको बताएका छन् ।

प्रधानमन्त्री ओलीको स्वास्थ्यबारे जानकारी दिन अस्पतालले निकालेको प्रेस विज्ञप्तीमा प्रधानमन्त्री ओलीलाई नियमित सन्तुलित आहार दिन थालिएको र नियमित डिँहडुल गराउन थालिएको जनाइएको छ ।

यस्तै प्रधानमन्त्री ओलीलाई मिर्गौला दिएकी समीक्षा संग्रौलाको पनि स्वास्थ्य अवस्था पनि सामान्य हुँदै गएको विज्ञप्तीमा उल्लेख छ ।

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य हुदै गएपनि अझै केही दिन अस्पतालमै रहने उनको उपचारमा संलग्न चिकित्सकहरुले जानकारी दिएका छन् ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सुर्य थापाका अनुसार प्रधानमन्त्री ओली यसै साताभित्र अस्पतालबाट डिस्चार्ज हुनेछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!