पर्वतको उत्तरी क्षेत्रमा असिनाले करोडौको नोक्सानी, दोस्रोपटक हिमपात पनि - News site from Nepal
पर्वत : यस बर्ष मौसममा आएको अनियमितताका कारण कृषकहरु पटक पटक मारमा परेका छन् ।
पुष महिनाको सुरुवातबाटै बिग्रिरहेको मौसममा अझै पनि सुधार हुन नसक्दा केही कृषकमा खुसीयाली छाएको छ भने कोही दुःखी बनेका छन् । केही केही दिनको अन्तरमा भइरहेको बर्षाका कारण हिउँदे खाद्यान्न तथा तरकारी बालीलाई आवश्यक सिचाईँको मात्रा पूरा भएको भएपनि बर्षासँगै परेको असिनाले भने कतिपय ठाउँमा क्षती पनि पु¥याएको छ । आज बिहान भएको बर्षाका कारण पर्वतको उत्तरी क्षेत्र जलजला गाउँपालिकाको धाईरिङका बिभिन्न स्थानहरु सहित अन्य केही ठाउँमा पनि असिना परेको छ ।
स्थानीय कृषकहरुका अनुसार असिनाले यस सिजनमा तयार पारिएको तरकारी तथा फलपूmल र बिरुवाहरुमा असर गरेको छ । कृषि ज्ञान केन्द्र कार्यालय पर्वतका प्रमुख बरीष्ठ कृषि विकास अधिकृत बासुदेव रेग्मीले पनि धाईरीङ, लेकफाँट, मल्लाज लगायतका उत्तरी क्षेत्रमा बर्षासँगै परेको असिनाले क्षती पारेको भन्ने खबर आएको र क्षतीको बारेमा तथ्यांक संकलन गर्ने काम भईरहेको बताउनुभयो । केही ठाउँमा असिनाले क्षती पु¥याएकै बेलामा सिचाईँ समस्यामा परेका कृषकहरुलाई भने राहत भएको छ । खोलाको छेउछाउमा रहेका खेतबारीमा सिचाईँको समस्या त्यति धेरै नहुने भएपनि अन्य ठाउँमा भने हिउँद याममा सिचाईँको समस्या हुने गरेको छ ।
यसैबीच हम्पाल, डहरे, पञ्चासे लगायतका क्षेत्रमा हिमपात भएको स्थानीयले बताएका छन् । हिमपातको कारण अत्याधिक चिसो बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!