सेनालाई झन् शक्तिशाली बनाइँदै, संसदमा विधेयक दर्ता - News site from Nepal
सेनालाई झन् शक्तिशाली बनाइँदै, संसदमा विधेयक दर्ता

काठमाडौं : नेपाली सेनामातहत छुट्टै गुप्तचर विभाग बनाउने गरी सरकारले सैनिक ऐन संशोधन विधेयक संसद सचिवालयमा दर्ता गरेको छ।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलका तर्फबाट शुक्रबार संसदमा सचिवालयमा दर्ता गरिएको विधेयकमा सैनिक गुप्तचरीलाई सशक्त बनाउन छुट्टै विभाग गठनसहितको नियमावली बनाउने प्रस्ताव रहेको समाचार कान्तिपुर दैनिकमा छ।
ऐनको दफा १४३ को खण्ड (ढ)मा प्रस्ताव गरिएको नयाँ व्यवस्थाअनुसार इन्टेलिजेन्स (गुप्तचर) सेवा गठन तथा सञ्चारसम्बन्धी विषय तथा इन्टेलिजेन्स काममा खर्च भएको रकम, रिभल्भिङ फन्ड (सुराकी खर्च)बाट खर्च भएको रकम र भैपरी आउने कामका लागि भएको रकम मिनाहासम्बन्धी विषय भन्ने उल्लेख छ।
राष्ट्रिय अनुसन्धान विभाग (राअवि)को अनुरोधलाई नसुनी सरकारले सेनाभित्र शक्तिशाली गुप्तचर विभाग गठन गर्ने गरी सैनिक ऐन २०६३ संशोधन गर्न लागेको हो।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!