
पर्वत- राधा देवी स्मृति प्रतिष्ठान कुश्मा पर्वतको दोस्रो साधारण सभा एवम् १२ औँ स्मति दिवस सम्पन्न भएको छ । पवतको कुश्मामा आयोजित सभाको गण्डकी प्रदेशकी साँसद ललितकला गुरुङले उद्घाटन गर्नुभएको थियो । उद्घाटन गदै साँसद गुरुङले मुलुकमा राधा देवी जस्ता कर्मठ र सामजिक भाव बोकेका महिलाहरुको खाँचो रहेको बताउनु भयो । स्वर्गिय राधादेवीले शैक्षिक तथा सामजिक क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेकोे स्मरण गदै साँसद गुरुङले समाजमा अझै पनि महिला माथि हेर्ने दृष्ट्रिकोण परिवर्तन नभएको धारणा राख्नुभयो ।
कार्यक्रममा बोल्दै प्रतिष्ठानका प्रमुख संरक्षक एवम् राधा देवीका सुपुत्र नवराज गुरुङले राधा देवी आफ्नो मात्र आमा नभई आदर्शको खानी भएको बताउनु भयो । आमा राधा देवीले समाजका दुखी गरिव तथा असहायप्रति गरेको सद्भाव र सहयोगले आफुलाई आजपनि समाजप्रति उत्तरदायित्व बोध भएको उहाँको भनाई छ । आमाको प्रेरणाले नै आफु लामो समयदेखी पर्वतको राजनितिमा सक्रिय भएको बताउँदै नेता गुरुङले पर्वत जिल्लाको विकास र समृद्धिमा आफ्नो महत्वपूर्ण समय खर्च गरेको दावी गर्नुभयो । राजनिती आफ्नो पेशा नभई सेवा भएको जिकिर गदै नेता गुरुङ निरन्तर जनताको सेवामा लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाली काँग्रेस पर्वतका सचिव अशोक उच्चै ठकुरी, कुश्मा नगरपालिका मेयर रामचन्द्र जोशी, कुश्मा नगरपालिकाकी उपमेयर सिता काफ्ले लामिछाने, नेकपाका जिल्ला सदस्य पशुराम सुवेदी, नेपाली काँग्रेसका महासमिति सदस्य बसन्तवहादुर सिके, अर्का महासमिति सदस्य गंगाधर तिवारी, नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधी मोहन गुरुङ, महाशिला गाउँपालिका अध्यक्ष पदका प्रत्यासी उज्वल गुरुङ, जेष्ठ नागरिक मन्च पर्वतका अध्यक्ष एवम् समाजसेवी लोकनाथ आचार्य, समाजसेवी हेम शर्मा, कुश्मा नगरपालिका–४ की वडा अध्यक्ष चित्रकला भारती, दुर्लुङका वडा अध्यक्ष तेजप्रसाद पाध्या लगायतले मन्तव्य राख्नुभएको थियो ।
उक्त अवसरमा उत्कृष्ठ विद्यार्थी तथा दिर्घरोगीहरुलाइ सहयोग हस्तान्तरण गरिएको थियो । प्रतिष्ठानका जेष्ठ सदस्य दण्डपाणी शर्माको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा राधादेवीको जिवनी तथा स्वागत मन्तव्य बालकृष्ण शर्मा र कायक्रमको संचालन प्रतिष्ठानका सचिव उत्तम अधिकारीले गर्नुभएको थियो ।