पर्वतको फलामखानीमा आगालागी, यसरी जले भैसी र गोठ - News site from Nepal
पर्वतको फलामखानीमा आगालागी, यसरी जले भैसी र गोठ

पर्वत– पर्वतको महाशीला गाउँपालिका वडा नं. ६ मा मंगलवार आगालागी हुँदा स्थानीय मिनबहादुर विश्वकर्माको गोठ जलेर नष्ट भएको छ । गोठमा आगालागी हुँदा दुईवटा भैसी घाईते भएका छन् ।


विपन्न मिनबहादुरको परिवारमा आगालागीबाट तीन लाख भन्दा बढिको क्षति पुगेको वडा अध्यक्ष रामबहादुर सुनारले जानकारी दिनुभयो । विश्वकर्माको घर भने सुरक्षित रहेको छ । आगालागीको कारण खुल्न सकेको छैन ।


उक्त परिवारलाई आर्थिक सहयोगको खाँचो रहेकोले सवैले सहयोग गरिदिन अध्यक्ष सुनारले आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!