पर्वतको फलामखानीमा महाशिला अध्यक्ष कप -२०७६ संचालन हुँदै - News site from Nepal
महाशिला – “खेल संगै बिकास निर्माणमा युवाहरुको एकता, समृद्ध महाशिला हाम्रो प्रतिबद्धता” भन्ने नारासंगै पर्वतको महाशिला गाउँपालिका वार्ड नं.६ फालमखानीमा महाशिला अध्यक्ष कप २०७६ संचालन हुने भएको छ ।

६ नं. वार्ड कार्यालयको आयोजनामा माघे संक्रान्तिको अवसर पारी आगामी पौष २७ देखि माघ १ गतेसम्म खुल्ला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता संगै विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको वार्ड अध्यक्ष राम बहादुर सुनारले जानकारी दिनुभयो ।

गाउँपालिकाले खेलकुद,कला र सँस्कृतिको विकास, संरक्षण तथा प्रबर्द्धनका लागि बिशेष जोड दिएको बताउदै उक्त प्रतियोगिताका लागि १ लाख रुपैँया छुट्टाएको सुनारले बताउनुभयो । वार्डमा हुन लागेको कार्यक्रमलाई सभ्य र भव्य रुपमा सम्पन्न गर्नको लागि सबैको सकारात्मक साथ र सहयोग आवश्यक रहेको उहाले बताउनुभयो ।

भलिबल प्रतियोगितामा प्रथम, दित्तिय र तृतिय हुनेलाई क्रमश नगद रु. ४५ हजार, २५ हजार, १५ हजार साथमा कप, मेडल र प्रमाणपत्र प्रदान गरिने र दर्ता शुल्क ४ हजार ५ सय रहेको खेल संयोजक समीर गुरुङले बताउनुभयो ।

माघ १ गते मुल समारोहको दिन विविध सांस्कृतिक कार्यक्रम, घैटो फोर प्रतियोगिता, फलामखानीको ऐतिहासिक लाखे नाचको साथमा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको बेजोड सांगीतिक प्रस्तुति रहने उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!