मन्त्रिमण्डल पुनर्गठनको तयारी, केही मन्त्रीसँग ओलीको खटपट - News site from Nepal

काठमाडौं – महत्वपूर्ण मन्त्रालयहरु खाली रहेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले यसै साता मन्त्रिमण्डल पुनर्गठन गर्ने भएका छन्।
अर्थ, सञ्चार, सहरी विकासजस्ता मन्त्रालय मन्त्रीविहीन भएपछि ओलीले नेकपाको सचिवालय बैठक राखेर मन्त्रिमण्डल पुनर्गठन गर्न लागेका खबर आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन्।
राष्ट्रियसभामा उपाध्यक्ष वामदेव गौतमको मनोनयनसँगै मन्त्रिमण्डल पुनर्गठन गर्ने तयारी रहेको स्रोतले जनाएको छ।

कतिपय मन्त्रीले राम्रो काम गर्न नसकेको, आर्थिक अनियमिततामा संलग्न भएको भन्दै पार्टीभित्रैबाट सरकार आलोचित बनेको अवस्थामा प्रधानमन्त्रीले अहिले बहाल रहेका मन्त्रीहरु परिवर्तन नगरे पनि खाली रहेका मन्त्रालयमा नयाँ मन्त्री राखेर मन्त्रिपरिषद् पुनर्गठन गर्न लागेको स्रोतको दाबी छ।
प्रधानमन्त्री ओलीले अध्यक्ष पुष्पकमल दाहालसँग यस विषयमा एकदुई चरण चलफलसमते गरिसकेका छन्। केही दिनभित्रै सचिवालय बैठक बस्ने र हेरफेर हुने मन्त्री टुंगो लगाउने स्रोतको दाबी छ।
पार्टीभित्रको विवाद समाधान गर्न पुरानालाई नै मन्त्री बनाउनुपर्ने बाध्यता प्रधानमन्त्री ओलीलाई भए पनि सरकार सञ्चालनमा प्रभावकारी काम गर्न नसकेकोमा कतिपय मन्त्रीसँग उनको खटपट छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!