पर्वतको दुर्लुङ्गमा एक साता देखि चितुवा आतंक - News site from Nepal
पर्वतको दुर्लुङ्गमा एक साता देखि चितुवा आतंक

पर्वत – पर्वतको कुस्मा नगरपालिका वडा नं ३ दुर्लुङ्गमा एक साता देखि चितुवाको आतंक फैलिएको छ ।
रातको समयमा घरघरमा आएर पशु चौपाय मार्न थालेपछि दुर्लुङ्गका बासिन्दाहरु त्रसित भएका हुन ।
दुर्लुङ्गको घोगेनी गाउँमा चार दिनको अबधीमा लगातार चितुवा आउने र पशु चौपाय मार्न थालेको वडा सचिब तथा स्थानियबासी यामनाथ शर्माले जानकारी दिनुभयो । चितुवाले बुधबार राती स्थानिय राधिका शर्माका चार वटा बाख्रा मारेको छ भने मंगलबार राती हरिप्रसाद शर्माको बाख्रालाई आक्रमण गरेको छ । ‘बिहीबार राती तीन वटा चितुवा एकैपटक आएपछि गाउँलेले लखेटेका कारण पशु चौपायलाई आक्रमण गर्न पाएनन’ उहाँले भन्नुभयो ।
दैनिक रुपमा चितुवा आउन थालेपछि मानिसलाई समेत आक्रमणको चिन्ता बढेको छ । रातको समयमा घर बाहिर निस्कन पनि डर भएको उहाँको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!