
उहाँले देश समृद्धिका लागि निजी क्षेत्रको लगानी आवश्यक रहेको बताउदै निजी लगानी भित्राउने गरी कानूनलाई खुकुलो बनाउन थालिएको बताउनुभयो । ‘कानूनका कारणले निजी क्षेत्रको लगानी नगुमोस भन्ने प्रदेश सरकारको चाहना हो’ उहाँले भन्नुभयो ‘धौलागिरीमा माउण्टेन फ्लाई र बागलुङ जिल्ला सदरमुकाम र ताराखोला गाउँपालिकामा उद्योग ग्राम स्थापना गर्दैछौं ।’
सरकारले घोषणा गरेको भ्रमण वर्षलाई सघाउनका लागि बागलुङ उद्योग बाणिज्य संघको आयोजना गरेको महोत्सव अवधीभर लोकदोहोरी गित, नयाँ वर्षलाई स्वागत गर्ने कार्यक्रम, भलिबल प्रतियोगिता, लोक दोहोरीगित प्रतियोगिता भाले छुने, घैटोफोर लगायतका प्रतियोगिताहरु सञ्चालन गरिएको थियो ।
बर्षाका कारण महोत्सव प्रभावित भएपछि एक दिन थप गरिएको थियो । महोत्सवको अन्तिम दिन कलाकार चन्द्र शर्मा, कृष्ण अखेली, सरस्वती लामिछाने, हास्य कलाकार राजु पौडेल राजु मास्टर, मरिचमान श्रेष्ठ बल्छी धुर्वेको प्रस्तुती रहेको छ । व्यापार, पर्यटन र संस्कृति प्रवद्र्धनमा केन्द्रित रहेको महोत्सवको मुख्य आकर्षणमा प्याराग्लाइडिङ र हेलिकप्टर शयर राखिएको भएपनि खराब मौसमका कारण प्याराग्लाइडिङ र हेलिकप्टर शयर गराउन नसकिएको संघले जनाएको छ । बागलुङ संगै छिमेकी जिल्लाहरुबाट पनि दर्शकहरुले मेलाको अवलोकनका लागि आएको संघले अध्यक्ष युवराज राजभण्डारीले बताउनुभयो ।
यस्तै गण्डकी प्रदेश स्तरीय पर्यटन कृषि औधोगिक व्यापार मेला तथा बागलुङ महोत्सव २०७६ मा ज्ञान बिज्ञानका पुस्तकहरू बिक्री वितरणमा राखिएको छ । समाजलाई सहि मार्गमा लाग्नको लागि ज्ञान दिने उदेश्यले श्रीमद्भागवत गीता र भगवान् रजनीशले लेखेका ओशोका पुस्तक लगायत ज्ञानवर्दक पुस्तक बागलुङ महोत्सवमा स्टलमा राखेर बिक्री वितरण गर्नुका साथै महोत्सवमा आउने दर्शकहरू बिच प्रचारप्रसार गरिरहेको छ । महोत्सवमा २०० वटा व्यवसायीक स्टलहरु समेत रहेका थिए ।