पर्वतमा खेतवारीमा हाल्ने रासायनिक मल पर्याप्त, पर्वत र बागलुङका कृषकले लैजान सक्ने - News site from Nepal

पर्वत– यतिवेला वर्खेबालीको सिजन छ । विशेषगरी चैते धान रोप्ने, खेतमा लगाएका मकै गोड्ने र बारीमा मकै छर्ने बेला रहेको छ भने मौसमी तथा बेमौसमी तरकारीको समेत सिजन हो यो ।
मकै, धान लगायतका अन्नवालीमा प्रयोग हुने रासायनिक मल पर्वतमा पर्याप्त रहेको छ । लामो समयको लक डाउन भएपनि खेतवारीमा प्रयोग हुने रासायनिक मलको अभाव नरहेको कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख वासुदेव रेग्मीले जानकारी दिनुभयो ।
डिएपी, यूरिया र पोटास लगायत सवै मल तथा अन्य किटनाशक औषधीहरु समेत पर्याप्त मात्रामा रहेकाले उत्पादन बढाउनका लागि खरिद गरेर लैजान पर्वत र बागलुङका कृषकहरुलाई केन्द्रले आग्रह गरेको छ । कृषि ज्ञान केन्द्र वा कृषि सामाग्री संस्थान लिमिटेडमा सम्पर्क गरी मल खरिद गर्न सकिने भएको छ ।
पर्वत र बागलुङका कृषकहरुले जति माग गरेपनि मलको कमी नहुने रेग्मीले जानकारी दिनुभयो । रासायनिक मल विभिन्न सहकारीहरुमार्फत कृषक समुहहरु मार्फत पनि उपलव्ध गराउन सकिने भएकाले त्यस्ता सहकारी तथा समुहहरुलाई सम्पर्क गर्न आग्रह गरिको छ ।
आवश्यकता अनुसार मल प्रयोग गरी उत्पादन बढाउन पनि कार्यालयले आग्रह गरेको छ । पर्वत र बागलुङ दुई जिल्लाको लागि कृषि सामाग्री संस्थान पर्वतले वर्षेनी रासायनिक मल उपलव्ध गराउँदै आएको कार्यालय प्रमुख नारायण शर्माले जानकारी दिनुभयो ।
सरकारले नै परिवारका सदस्यहरु मिलेर सामाजिक दुरी कायम गरी कृषि क्षेत्रमा काम गर्न आग्रह गरेको छ । यतिवेला गाउँमा मकै गोड्न, छर्न, चैते धान रोप्न तथा विभिन्न तरकारीहरु लगाउन कृषकहरुलाई भ्याईनभ्याई रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!