पर्वतमा बिदेशबाट फर्केका ८ को स्वाब संकलन, आज फलेवासका १० जनाको गरिँदै - News site from Nepal

पर्वत – पर्वतको कुस्मा नगरपालिकामा चैत्र महिना यता बिदेशबाट फर्केका ८ जना ब्यक्तिको कोरोना परिक्षणका लागि थ्रोड स्वाब संकलन गरिएको छ ।
जिल्लामा बिदेशबाट फर्केका सबै मानिसको थ्रोड स्वाब संकलन गरि परिक्षण गर्ने क्रममा आइतबार ८ जना बिदेशबाट फर्केका ब्यक्तिको थ्रोड स्वाब संकलन गरिएको हो ।
पहिलो चरणमा भारत बाहेक बाँकी बिश्वबाट फर्केका ब्यक्तिको स्वाब संकलनको काम थालिएको पर्वत अस्पतालका निमिक्त मेडिकल सुपरिटेण्डेन्ट डा. शिशिर देबकोटाले जानकारी दिनुभयो । आइतबार संकलन गरिएका स्वाब पोखरास्थित प्रयोगशालामा पठाईएको छ ।
सोमबार फलेबास नगरपालिकामा १० जनाको संकलन गर्ने तयारी गरेको छ । बिदेशबाट फर्केपछि परिवार संगै घुलमिल भएर बसेका कारण जोखिम बढेको निष्कर्ष सहित बिदेशबाट फर्केका सबै ब्यक्तिको कोरोना परिक्षण गर्ने तयारी छ। यसका लागि जिल्ला स्वास्थ्य कार्यालय पर्वत र पर्वत अस्पताल पर्वतको संयुक्त टोली गठन भएको छ।
जिल्ला स्वास्थ्य कार्यालय पर्वतका अनुसार जिल्लामा चैत्र यता पर्वतमा ३ सय १६ जना बिदेशबाट आएका ब्यक्ति रहेका छन । त्यस मध्ये भारत बाहेक अन्यत्र मुलुकहरुबाट आउनेको संख्या १ सय ३ जना रहेको छ भने भारतबाट २ सय १३ जना आएका छन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!