पर्वत – नेपाल औषधी व्यावसायी संघ पर्वतद्धारा प्रकाशिन २०७७ सालको भित्तेपात्रोको बिमोचन गरिएको छ । नेपाल औषधी व्यवासायी संघ जिल्ला शाखा पर्वतको प्रथम स्थापना दिवसको अवसरमा एक कार्यक्रमको आयोजना गरी क्यालेन्डर बिमोचन गरिएको हो । उक्त क्यालेन्डर कुश्मानगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले बिमोचन गर्नुभएको हो ।
सो अवसरमा बोल्दै नगरप्रमुख जोशीले कोरोनाको महामारी न्यूनिकरणका लागि औषधी व्यावसायीहरुको महत्वपुणर् भूमिका रहने बताउँदै स्थानीय सरकारसँग आवश्यक सहकार्य गरेर काम गर्न आग्रह गर्नुभयो । उहाँले औषधी व्यावसायीहरुलाई पर्ने समस्याहरुको समाधानका लागि कुश्मा नगरपालिका सदैव तयार रहेको पनि बताउनुभयो ।
कार्यक्रममा कुश्मा नगरपालिका वडानं. ६ का अध्यक्ष रुद्र गिरी, वडा नं. १० का अध्यक्ष अमर सुनार र वडा नंं. ११ का अध्यक्ष शिवप्रसाद पौडेल लगायतले बोल्नुभएको थियो ।
नेपाल औषधी व्यावसायी संघ पर्वतले जिल्लाभित्र रहेका र ओझेलमा परेका पर्यटकीय क्षेत्रहरुको तस्विर संकलन गरी पर्वतलाई विश्व समुदायमा चिनाउने उद्धेश्य सहित क्यालेन्डर प्रकाशन गरेको संघका अध्यक्ष राजेश पौडेलले जानकारी दिनुभयो ।
अध्यक्ष राजेश पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन हरी सुवेदीले गर्नुभएको थियो ।






