पर्वतको जलजलाकी उपाध्यक्षद्धारा विपन्नलाई तरकारी वितरण - News site from Nepal
पर्वतको जलजलाकी उपाध्यक्षद्धारा विपन्नलाई तरकारी वितरण
पर्वत  – पर्वतको जलजला गाउपालिकाका उपाध्यक्ष सिमा गर्बुजा पुनले आइतबार विपन्न समुदायलाई तरकारी वितरण गर्नुभएको छ ।

जलजला गाउपालिकाको वडा न. २ मा पर्ने गैराटोल, पाखाथर र रातोढुङ्गाका २३८ घरधुरीलाई चार क्विन्टल बन्दा वितरण गर्नुभएको हो । शालीजाबाट आफै संकलन गरेर गाउपालिकाको गाडीमा ढुवानी गरेर टोल टोलमा बन्दा वितरण गर्नुभएको वडा अध्यक्ष गोविन्द खत्रीले जानकारी दिनुभयो ।

उपाध्यक्ष पुन, वडा अध्यक्ष खत्रीले स्थानीय अगुवाहरुको रोहबरमा बन्दा वितरण गर्नुभएको थियो । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना रोकथामका लागि गरिएको लकडाउनका कारण समस्यामा परेका विपन्नलाई तरकारीका लागि बन्दा उपलब्ध गराएको उपाध्यक्ष गर्बुजाले बताउनुभयो ।
यस अघि शनिवार शालिजाका कृषकहरुको सहयोगमा ६ क्विन्टल ताजा तरकारी वडा नं. ४र ३ मा विपन्न परिवारहरुलाई वितरण गरिएको थियो ।

ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्दै आएका श्रमिक र विपन्न समुदाय लकडाउनका कारण प्रभावित भएका छन् । उनिहरुका लागि गाउपालिकाले पनि खाद्यान्न वितरण गर्न लगत संकलन गरेको छ । १११ परिवार वडाका स्थाई र ४६ परिवार बाहिरबाट आएर बसेकाहरुको लगत संकलन गरेको वडा अध्यक्ष खत्रीले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!