फलेवासको सातकुरीया बौद्धिक युथ सोसाईटीद्धारा राहत कोषमा २५ हजार सहयोग - News site from Nepal

पर्वत– पर्वतको फलेवासमा रहेको सातकुरिया फलेवास बौद्धिक युथ सोसाईटीले विपन्न तथा मजदुरका परिवारहरुलाई सहयोगार्थ रु २५ हजार ७ रुपैया आर्थिक सहयोग गरेको छ ।
फलेवास नगरपालिकाले स्थापनाले गरेको विपद कोषमा सोसाईटीले उक्त रकम सहयोग गरेको हो । विश्वव्यापी महामारीको रुपमा फैलिएको नोबेल कोरोना भाईरका कारण लामो समय मुलुक लकडाउनमा रहेको छ । यस्तो बेला विपन्न, तथा मजदुरका परिवारहरु दैनिक चुल्हो बाल्न समेत समस्यामा परेका बेला थोरै भएपनि राहत पुगोस भनेर रकम सहयोग गरिएको सोसाईटीका संयोजक विनोद पौडेलले जानकारी दिनुभयो ।
कर्म गरौ सबै ठाँउमा, केही गरौ आफ्नै गाउँमा भन्ने मूल मन्त्रका साथ स्थापना भएको सातकुरिया फलेबास बौद्धिक युथ सोसाइटीका विभिन्न सामाजिक कामहरु गर्दै आएको छ ।
संस्थाले सामाजिक उतरदायित्व अन्तर्गत सो रकम जम्मा गरेको संयोजक पौडेलले जानकारी दिनुभयो । सोसाईटीमा हाल २७ जना सदस्य रहेको यस संस्थाले आगामी दिनहरूमा पनि फलेबास क्षेत्रमा सामाजिक कार्यहरू अगाडि बढाउने जानकारी समेत सोसाईटीले दिएको छ ।
उक्त सहयोग ग्रहण गर्दै फलेवास नगरपालिकाका नगरप्रमुख पदमपाणी शर्माले विपन्न, र मजदुर तथा गरिब परिवारहरु लामो समयको लकडाउनका कारण समस्यामा परकोे बताउँदै उनिहरुलाई पारदर्शि ढंगवाट राहत वितरण गरिने बताउनुभयो । उहाँले सहयोग गर्ने संस्थालाई धन्यवाद समेत व्यक्त गर्नुभयो ।
फलेवास नगरपालिकाले रु ३५ लाखको विपद कोष स्थापना गरेको छ । उक्त कोषमा विभिन्न क्षेत्रवाट आर्थिक सहयोग र खाद्यान्न संकलनको क्रम जारी रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!