महामारी शुरु भए विरामी हुने वित्तिकै त्यसबाट बच्ने उपाय भनेको स्वास्थ्यकर्मीको उपचार नै हो । विरामी भएपछि घर भन्दा प्यारो अस्पताल नै हुन्छ । पर्वत जिल्लामा पनि सम्भावित महामारीको जोखिमलाई यकिन गर्दै पर्वत अस्पतालले कोरोना अस्पताल छुट्टै सञ्चालन गरेको छ । अस्पतालमा नियमित सेवा दिएर अर्को अस्पताल स्थापना गरेको कोरोना अस्पतालमा भने इक्यूमेटको कमी भएको अस्पतालका अध्यक्ष गोविन्द पहाडी बताउँछन । स्थानीय तहहसंग समेत समन्वय गरेर सञ्चालन गरिएको अस्पतालमा मुख्य आवश्यक भेन्टिटेलर कै अभाव रहेको पहाडीको भनाई छ ।
९ लाख देखि १७ लाखसम्ममा भेटिन्लेटरहरु बजारमा रहे पनि त्यो खरिद गर्ने श्रोत नहुँदा जुनसुकै बेला पनि त्यसको अभावका कारण विरामीको मृत्यु हुनसक्ने पहाडीले जानकारी दिए । स्थानीय तहरुले विपद् कोषमा रकम छुटाउने, राहत वितरण कार्य अघि बढाउने तर अस्पताल निर्माणमा अपेक्षित चासो नदेखाएको स्वयम् डाक्टरहरुको गुनासो रहेको छ ।
कुश्मा नगरपालिकाको समेत सहयोगमा कोरोना अस्थायी अस्पताल स्थापना भए पनि अस्पतालमा यथेष्ट सामाग्रीहरु खरिद हुन सकिरहेको छैन । अस्पतालमा रहेका स्वास्थ्यकर्मीहरुलाई पिपिइका सामाग्रीहरु केहि केन्द्रबाट प्राप्त भए पनि पिपिइका सामाग्रीहरु सिमिति छन । उपलब्ध सामाग्रीहरु सकिएपछि के गर्ने भन्ने योजना बनाउन आर्थिक समस्या रहेको अस्पतालका प्रमुख डा. शिशिर देवकोटा बताउँछन ।
उनले सवै स्वास्थ्यकर्मीले जिम्मेवारीपूवर्क अहिलेसम्म काम गरीरहेको बताउँदै पर्वतबासी महामारीको उच्च जोखिममा रहेको बताउँछन । कोरोना अस्पताल स्थापना पछि पनि जिल्ला अस्पतालमा नियमित रुपमा प्रसुति सेवा, अप्रेसन सेवा र इमरजेन्सी सेवा प्रदान भईरहेको छ । अस्पतालले नयाँ अस्पतालबाट कोरोनाका विरामीको जाँच कार्य शुरु गरेको देशकै तेस्रो नमुना कार्य भएको जिल्ला अस्पतालका अध्यक्ष पहाडीको दावी छ । उनले देशका अन्य सवै जिल्लामा जिल्ला अस्पतालबाट सेवा दिए पनि पर्वतमा भने वेग्लै अस्पताल स्थापना गर्नु आफैमा चुनौतिपूर्ण रहेको बताउँछन ।
महामारी शुरु नहुँदै सरकारले स्थानीय तहलाई मजदुर वर्गलाई राहतको घोषणा गरेको छ । स्थानीय तहहरुमा नगरपालिकामा १० लाख रुपैया गाउँपालिकामा ५ लाख रुपैंया प्रदेश सरकारले पठाईसकेको छ । ति पालिकाहरुमा स्थानीयले समेत खाद्यन्न र नगद रकम सहयोग गरिरहेका छन ।
एता, महामारी रोक्ने एक मात्र अस्पतालमा भने स्थानीयको अपेक्षाकृत सहयोग भेटिएन’ अस्पतालका अध्यक्ष पहाडीले गुनासो गरे–‘स्वास्थ्यकर्मीको मनोबल उच्च भए मात्र कोरोना विरुद्धको अभियान हामीले जित्न सक्छौ ।’ कतिपय उपकरणहरुको अभाव भए पनि स्वास्थ्यकर्मीको मनोबल अझै पनि उच्च भएका कारण सम्भावित महामारी रोक्न भने जिल्ला अस्पताल तयार रहेको पहाडीले बताए ।
विदेशबाट फर्केकाहरुलाई क्वारेन्टाइनमा राख्ने र उनीहरुको स्वाव परिक्षणका लागि जिल्लामा ल्याउने जिम्मा स्थानीय तहको भए पनि हालसम्म त्यस कार्यमा स्थानीय तहहरुले अपेक्षाकृत क्रियाशिलता देखाएका छैनन । लक डाउनको १३ औं दिनसम्म जिल्लामा ६ जनाको मात्र स्वाब परिक्षण गरिएको छ । विदेशबाट फर्केकालाई स्वाब परिक्षणका लागि सहजीकरण गरी जिल्लामा पठाउने अभियानमा स्थानीय तहले तत्परता नदेखाएका देखिन्छ । स्थानीय तहमा स्वास्थ्य शाखा, स्वास्थ्य चौकी सहितको जनशक्ति उपलब्ध छ । यति मात्र नभई स्थानीय तहहरुमा जनप्रतिनिधिहरु समेत रहेका छन ।
स्थानीय तहले तत्परता नदेखाए पनि जिल्ला अस्पतालकै अगुवाईमा जिल्ला भर विदेशबाट फर्केकालाई सम्पर्क गरी स्वाव परिक्षणका लागि बोल्याइएको अध्यक्ष पहाडीले जानकारी दिए । उनले डाक्टरहरुकै पहलमा सवै विदेशबाट फर्केकालाई फोन सम्पर्क गरी स्वाब परिक्षणको लागि अनुरोध गरेको समेत जानका दिए ।
स्थानीय तह र जिल्ला अस्पताल वीच समन्वयको कमी हुँदै जाँदा त्यसले महामारी नियन्त्रणमा भने असर गर्ने देखिन्छ । स्थानीय तहहरु राहत बाँड्नमा मात्र ब्यस्त हुँदा संक्रमणको दर भने थप मात्रामा फैलनसक्ने पनि आकलन गर्न सकिन्छ । कोरोना अस्पतालमा भेन्टिलेटर, आइसियू, अक्सिजन, पिपिइका साधनहरुको अभाव रहँदै आएको छ । स्थानीयले समेत यस कार्यमा सहयोग गर्ने हो भने पर्वत कोरोना अस्पतालाई थप सुविधासम्पन्न बनाउन सकिने पहाडीको विश्वास रहेको छ ।
यसैवीच आइतबार मात्रै पर्वत मिलन क्लबले पर्वत अस्पतालका लागि १५ हजार नगद सहयोग गरेको छ ।