पर्वतमा बिदेशबाट आएका सबैको कोरोना टेष्ट गर्ने तयारी, परिवारसँगै घुलमिल भएर बस्दा जोखिम बढी - News site from Nepal

पर्वत- पर्वतमा चैत्र महिना यता बिदेशबाट फर्केका सबै मानिसको थ्रोड स्वाब संकलन गरि परिक्षण गर्ने तयारी गरिएको छ । बिदेशबाट फर्केपछि परिवार संगै घुलमिल भएर बसेका कारण जोखिम बढेको निष्कर्ष सहित बिदेशबाट फर्केका सबै ब्यक्तिको कोरोना परिक्षण गरिन लागेको हो ।

संक्रमित लुकेर बसेको आशंकामा बिदेशबाट फर्केका सबैको परिक्षण हुन लागेको छ। जिल्ला स्वास्थ्य कार्यालय पर्वत र पर्वत अस्पताल पर्वतको संयुक्त टोली गठन गरेर आइतबार देखि नै थ्रोड स्वाब संकलन शुरु गरेका छन । पहिलो चरणमा भारत बाहेकका अन्य देशबाट फर्केका ब्यक्तिको स्वाब संकलन गर्ने तयारी गरिएको जिल्ला स्वास्थ्य कार्यालय पर्वतका प्रमुख डा. भोजराज गौतमले जानकारी दिनुभयो ।

‘बिदेशबाट फर्केपछि परिवार र कतिपय अबस्थामा समाजमा समेत घुलमिल गरेको बसेको पाइएकोले परिक्षण नगर्दा सम्म उच्च जोखिम देखियो।’ प्रमुख डा. गौतमले भन्नुभयो ‘पहिलो चरणमा चैत्र यता बिदेशबाट फर्केका सबैको थ्रोड स्वाब परिक्षण पछि मात्रै संक्रमणको अबस्था यकिन गर्न सहज हुन्छ।’

थ्रोड स्वाब संकलनको काम कुस्मा नगरपालिकाबाट शुरु गर्न लागिएको छ । बिदेशबाट आएकाहरुलाई कुस्मा बोलाएर थ्रोड संकलन गरिएको छ भने फलेबास नगरपालिकामा यसपछि संकलन गर्ने तयारी छ । जिल्ला स्वास्थ्य कार्यालय पर्वतका अनुसार जिल्लामा चैत्र यता पर्वतमा ३ सय १६ जना बिदेशबाट आएका ब्यक्ति रहेका छन । त्यस मध्ये भारत बाहेक अन्यत्र मुलुकहरुबाट आउनेको संख्या १ सय ३ जना रहेको छ भने भारतबाट २ सय १३ जना आएका छन ।

केही गाउँमा भारतबाट नयाँ मानिस आएपनि उनीहसरुको तथ्याँक संकलन हुन नसकेको बताइन्छ । पैंयु गाउँपालिकामा केही मानिस भारतबाट आएको सुचना भएपनि उनीहरु संग सम्पर्क भएको छैन । बिदेशबाट फर्केकाहरुलाई जिल्ला स्वास्थ्य कार्यालय र पर्वत अस्पतालको टिमले नियमित फोन सम्पर्क भने गरिरहेका छन ।

बिहीबार र शुक्रबार सबैलाई फोन गरिएको छ । फोनमा उनीहरुमा खासै समस्या भने नदेखिएको जिल्ला अस्पतालका निमिक्त मेडिकल सुपरिटेण्डेन्ट डा. शिशिर देबकोटाले बताउनुभयो । कतिपयलाई सामान्य रुघाखोकी लागेको र निको भएको पनि बताउने गरेका छन । ‘पर्वत जिल्लालाई सुरक्षित बनाउने एउटा मात्रै उपाय भनेको बिदेशबाट फर्केका सबैको थ्रोड स्वाब परिण गर्नु नै हो ।’ उहाँले भन्नुभयो ‘जिल्लामा १० जनाको स्वाब लिन सकिने ब्यबस्था भएका कारण अब सबैको परिक्षण गर्नु जरुरी भएको हो ।’

बिदेशबाट फर्केकालाई राख्नका लागि पर्वत जिल्लाभर स्थानिय तहले ३ सय ६३ बेड का क्वारेन्टाईन बनाएका छन । घर परिवारले नै बिदेशबाट फर्केका आफन्तलाई क्वारेन्टाईनमा पठाउनु पर्नेमा क्वारेन्टाइनमा बस्नु पर्दा जेल जाँदा भन्दा बढी कठिन मानेका कारण समस्या देखिएको छ । क्वारेन्टाईनमा बस्न सुझाब दिदा उल्टै गालीगलौज गर्ने समस्या देखिएको छ । स्थानिय तहका प्रमुख र प्रतिनिधीहरुले पनि क्वारेन्टाईन बनाउने तर बस्नका लागि प्रेरित नगर्दा समस्या भएको छ ।

जनप्रतिनीधिले गाउँमा बिदेशबाट आएर बसेकालाई खोजी खोजी क्वारेन्टाईनमा पठाउने काम पहिलो कर्तब्य भएपनि उनीहरु बेड बनाएको प्रचार गर्ने काममै बढी सक्रिय भएको आरोप बिज्ञहरुले लगाउँदै आएका छन । आफ्नो क्षेत्रलाई सुरक्षित बनाउने हो भने क्वारेन्टाईनमा बस्न लगाउने एउटा मात्रै उत्तम उपाय भए पनि कार्यान्वयन गर्न कठिन भएको छ। फलेबास नगरपालिकाले छिमेकी जिल्लाबाट आएकालाई पनि क्वारेन्टाईनमा राखेको छ । पछिल्लो समय जनप्रतिनीधि राहत बाँडेर राजनिती गर्नमा बढी ध्यान दिएको पाइएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!