कोरोनाका कारण विश्वमा मृत्यु हुनेको संख्या ६४ हजार नाघ्यो - News site from Nepal
कोरोनाका कारण विश्वमा मृत्यु हुनेको संख्या ६४ हजार नाघ्यो

काठमाण्डौ – कोरोना भाइरसका कारण अमेरिकामा एकै दिन एक हजार ४८ जनाको ज्यान गएको छ। अमेरिकामा मृत्यु हुनेको संख्या आठ हजार चार सय ५२ पुगेको छ।
त्यस्रतै त्यहाँ ३ लाख ८ हजार ५ सय ३३ जनामा कोरोना संक्रमण देखिएको छ। आइतबार बिहानसम्मको तथ्यांक अनुसार,अमेरिकापछि स्पेनमा संक्रमणदर उच्च देखिएको छ। स्पेनमा १ लाख २६ हजार १ सय ६८ मा कोरोना संक्रमण पुष्टि भएको छ। इटालीमा १ लाख २४ हजार ६ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
कोरोना भाइरस (कोभिड–१९) बाट ज्यान गुमाउनेको संख्या ६४ हजार ६ सय ६ पुगेको छ।  १२ लाख भन्दा बढी मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन्। त्यस्तै, २ लाख ४६ हजार १ सय ८ जना उपचारपछि निको भएका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!