आजदेखि प्रदेश, जिल्ला र पालिकाबीचको आवागमनमा रोक लगाउने सरकारको निर्णय - News site from Nepal

काठमाडौं : सरकारले एउटा गाउँपालिकाबाट अर्को गाउँपालिकाको आवागमन नियन्त्रित रुपमा मात्र गर्न पाउने निर्णय गरेको छ। शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा बसेको बैठकले यस्तो निर्णय गरेको हो।
अपरान्ह सवा ४ बजेदेखि बसेको मन्त्रिपरिषद् बैठकले एक स्थानीय तहदेखि अर्को स्थानीय तह, एउटा जिल्लादेखि अर्को जिल्ला र एउटा प्रदेशदेखि अर्को प्रदेशसम्म आवातजावत नियन्त्रित गर्ने निर्णय लिएको हो । सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले सरकारी निवासी पुल्चोकमा यसबारेमा जानकारी दिएका हुन्।
सरकारले स्वास्थ्यकर्मीलाई बिमा, प्रोत्साहन भत्तासँगै स्वास्थ्यकर्मीलाई स्वास्थ्य सुरक्षाका उपकरण प्रोटोकलका आधारमा उपलब्ध गराउने निर्णय गर्दै स्वास्थ्यकर्मीको सुरक्षामा आँच पुर्‍याउन खोज्नेलाई कानुनबमोजिम कडा कारबाही गर्ने निर्णयसमेत गरेको छ।
यसैबीच सरकारले फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन गर्ने समितिको विज्ञ व्यक्तिकारुपमा रवीन्द्र भट्टराई र कुन्साङ लामा तथा अपराध पीडित संरक्षण समितिमा डा शंकर श्रेष्ठलाई नियुक्त गरेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!