पर्वतको कुश्मा नगरपालिकाको पाँचौ नगरसभा सम्पन्न, बल्ल बन्यो न्यायिक समिति - News site from Nepal

पर्वत – पर्वतको कुश्मा नगरपालिकाको पाँचौ नगरसभा आज सम्पन्न भएको छ । नगरसभाले विभिन्न ऐन पारित गरेको छ भने संविधान अनुसार गठन गर्नुपर्ने समितिलाई पूर्णता दिईएको छ । नगरसभाले संसोधित बिनियोजन बिद्येयक पारित गरेको छ । संसदको झल्को दिने गरि भएको पाँचौ नगर सभा नगरप्रमुख रामचन्द्र जोशीको सभाध्यक्षतामा सम्पन्न भएको हो । सभामा उपप्रमुख सीता काफ्ले लामिछानेले सभामा विषय प्रबेश गराउँदै संसोधित बजेट बिद्येयक, विभिन्न समिति र बिद्येयक प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत सबै विषय सभाबाट सर्वसम्मत पारित भएका छन् । नगर सभाले आर्थिक वर्ष २०७६÷०७७ को चालु खर्च, पूजीँगत खर्च र वित्तिय व्यवस्थाको रकम समेत गरि ८४ करोड ७५ लाख ४९ हजार रुपैयाँ रकम सञ्चितकोषबाट खर्च गर्ने गरि संसोधित बिनियोजन बिद्येयक पारित गरेको छ ।
सभाबाट सर्वसम्मत रुपमा न्यायिक समिति गठन भएको छ । नगर उपप्रमुख सीता काफ्ले लामिछानेको संयोजकत्वमा रहेको समितिका सदस्यहरुमा देबेन्द्रबहादुर नेपाली र तेजप्रसाद पाध्या रहनुभएको छ । न्यायिक समिति सहित लेखा र विद्यायन समिति पनि चयन भएको छ । लेखा समितिको संयोजकमा शान्ता पौडेल र सदस्यहरुमा उत्तम ढकाल र कालीभक्त शर्मा रहनुभएको छ ।
त्यसैगरी शिक्षा विकास समिति संयोजक देवेन्द्र प्रसाद सुवेदी, खानेपानि तथा सिचाई विकास समिति संयोजकमा यदुनाथ बास्तोला, महिला विकास समिति संयोजक मिना कर्माचार्य, संथागत सुशासन तथा सेवा प्रवाह समिति संयोजक चित्रकला शर्मा भारती र सदस्य द्वय होमनाथ रिमाल रबिष्णु शर्मा, फोहोरमैला ब्यवस्थापन समिति संयोजक रुद्र गिरी, कृषि पशु तथा पर्यटन विकास समितिको संयोजकमा सुवासचन्द्र पौडेल, पुर्वाधार विकास समिति संयोजकमा राजकुमार क्षेत्री, जेष्ठ नागरिक अपाङ्ग तथा समाज कल्याण समिति संयोजकमा कृष्णप्रसाद लामिछाने रहनुभएको छ । खेलकुद विकास समिति संयोजकमा सुजन वि.क., सामाजिक विकास समिति संयोजकमा शिव पौडेल, आर्थिक विकास समिति संयोजकमा राजेन्द्र पौडेल तथा, बालबालिका विकास समिति संयोजक जंगबहादुर के.सी, वन तथा वातावरण विकास समिति संयोजकमा भिम प्रसाद गुरुङलाई जिम्मेवारी तोकिएको छ ।
सभा मार्फत विद्यायन समितिको संयोजकमा सुवासचन्द्र पौडेल र सदस्यहरुमा विरेन्द्र रिजाल र कल्पना तिमिल्सिना चयन हुनुभएको घोषणा गरियो । नगरसभामा नगर उपप्रमुख लामिछानेले गतवर्ष नगरपालिकाले विभिन्न विषयगत शाखाहरु र वडाले गरेको प्रगतिको बारेमा जानकारी दिनुभयो । नगरसभा पछि बोल्दै नगरप्रमुख रामचन्द्र जोशीले नगरपालिका अव प्रगतीको पथमा लम्किँदै जाने बताउनुभयो । उहाँले कुश्मा नगरपालिकामा जनप्रतिनिधीहरु नगरको विकासमा एकजुट भएको भन्दै आफुहरुले अगाडी सारेका योजनाहरुले मूर्तरुप पाउने बताउनुभयो ।
कुश्मा नगरपालिकामा गठन हुन नसकेका समितिहरुले पूर्णता पाएकोमा खुशी व्यक्त गर्र्दै नगर प्रमुख जोशीले सबै सदस्यहरुमा रहेको एकताको भावनालाई कदर गर्दै नगर कार्यपालिका अघि बढ्ने प्रतिवद्दता व्यक्त गर्नुभयो । उपप्रमुख सीता काफले लामिछानेले नगरवासीहरुको विकासको चाहना पुरा गर्न र सेवा प्रवाह सहज बनाउन जनप्रतिनिधीहरु प्रतिबद्ध रहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!