पर्वतको जलजलाको खाद्य बैंकमा शालिजाका कृषकद्धारा ६ क्वीन्टल तरकारी सहयोग, विपन्नलाई वितरण - News site from Nepal

पर्वत– विश्वव्यापी रुपमा फैलिएको नोबेल कोरोना भाईरका कारण नेपालमा दुई साता लामो लकडाउन भैरहेको छ । यस्तो अवस्थामा विपन्न, मजदुर र असहाय परिवार बढि समस्यामा परेका छन् । लकडाउनका कारण समस्यामा परेका परिवारलाई राहत उपलव्ध गराउन पर्वतको जलजला गाउँपालिकाले स्थापना गरेको खाध्य बैंकमा वडा नं. ६ शालिजाका कृषकले करिब ६ क्वीन्टल ताजा तरकारी सहयोग गरेका छन ।
जलजला ६ शालिजाका कृषकहरु दुर्घप्रसाद सुवेदीले काउली १ सय २५ किलाग्राम, सोहि ठाउँका कलाधार सुबेदीले ब्रोकाउलि १० किलो, गुमा सापकोटाले बन्दा ५० किलो, साग १० किलो, ठुलो करेला १० किलो, तारानाथ सापकोटाले काउली ५० किलो, बन्दा ५० किलो, साग ५ किलो तथा प्याज २ किलो, त्यसैगरी दुर्गा सुबेदीले बन्दा ३० किलो, सापकोटा कृषि फर्मका लिलाधर सापकोटाले वन्दा १०० किलो, काउलि १ सय ५० किलो, स्याम प्रसाद सापकोटाले काउली १० किलो, बन्दा ५ किलो र यामलाल अधिकारीले वन्दा ४० किलो सहयोग गर्नुभएको छ ।


खाद्यान्न बैंकमा सहयोग भएको उक्त तरकारी शनिवारै जलजला गाउँपालिकाको वडा नं. ४ लामाखेत र वारिवेनीका विपन्न व्यक्तिहरुलाई वितरण गरिएको जलजला गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्जून शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार खाद्यान्न वैंकमा स्वत ः स्फुर्त रुपमा सहयोग गर्न पनि गाउँपालिकाले आव्हान गरेको छ । खाद्यान्न बैंकमा आउने खाद्यबस्तु, तथा तकारीहरु एकद्धार प्रणालीवाट वितरण गरिने शर्माले बताउनुभयो ।
यस अघि गाउँपालिकाले ३० लाख रुपैयाको विपद व्यवस्थापन कोष स्थापना गरेको छ । जसमा गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लले व्यक्तिगत रु २ लाख रुपैया सहयोग गरिसक्नुभएको छ । उक्त कोषमा पनि अन्य रकम जम्मा हुने क्रम जारी रहेको छ । गाउँपालिकाले विपन्न परिवारहरुलाई निश्चित मापदण्ड बनाएर राहत वितरण गर्ने तयारी गरेको अध्यक्ष मल्लले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!