गलकाेटमा अन्तर्राष्ट्रिय आधुनिक मूर्तिकला कार्यशाला सम्पन्न - News site from Nepal
गलकाेटमा अन्तर्राष्ट्रिय आधुनिक मूर्तिकला कार्यशाला सम्पन्न

बागलुङको गलकोट नगरपालिका–५ टेउवामा बुधबार अन्तर्राष्ट्रिय आधुनिक मूर्तिकला कार्यशालाको समापन गर्दै लम्सालले कलाको माध्यामबाट पर्यटनको प्रबद्र्धन सहज हुने बताए । प्रदेशमा भएका सम्भावनाका क्षेत्रको पहिचान गर्ने, त्यस्ता ठाउँमा पूर्वाधार निर्माण र विकास गर्ने काममा मन्त्रालय लागिरहेको उनको धारणा थियो ।
कार्यक्रममा कलाकार रामजी नेपालीले ११ देशको राष्ट्रिय गान गाएर सुनाएका थिए । आयोजक संस्था गल्कोट कला केन्द्रका कोषाध्यक्ष याम श्रीषले कार्यशालाको प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रम गल्कोट कला प्रतिष्ठानका अध्यक्ष क्याप्टेन पूर्ण बहादुर रानाको अध्यक्षता, फमलाल न्यूरेको स्वागत र सचिव सुनमायाँ ढकाल र सह–सचिव शेरबहादुर थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।
कार्यशालामा १० विदेशीसहित १५ मूर्तिकारले भाग लिएका थिए । ठुला ढंगाबाट बनेका मुर्ति कार्यशाला स्थलमा ठडिएका छन् । कलाकारलाई बिहिबार बिहान बिदाई गर्ने कार्यक्रम रहेको संस्थाले जनाएको छ । मूर्तिकारलाई सघाउन नेपालका पाँच र भारतका पाँच गरी १० सहयोगी मूर्तिकार पनि कार्यशालामा सहभागी थिए । यो कार्यशालाबाट तयार भएका मुर्तिबाट अनुसन्धान केन्द्र बनाउने योजना रहेको अध्यक्ष रानाले बताए ।

अन्तराष्ट्रिय मान्यता
अन्तराष्ट्रिय आधुनिक मूर्तिकला कार्यशालाले अन्तराष्ट्रिय मान्यता सहितको प्रमाणपत्र पाएको छ । गण्डकी प्रदेशमै पहिलोपटक अन्तराष्ट्रिय स्तरमा ख्याती कमाएका कलाकार सहभागी गराएर आयोजना गरिएको कार्यशालाले अन्तराष्ट्रिय स्तरको मान्यता पाएको हो । मुर्तिकारहरुको अन्तराष्ट्रिय संस्था ‘ब्ष्भकm’ले कार्याशालालाई मान्यता दिएको हो । बुधबार उक्त संस्थाले पठाएको प्रमाणपत्र गल्कोट कला केन्द्रलाई हस्तान्तरण गरिएको छ । कार्यशालाले अन्तरराष्ट्रिय स्तरको मान्यता पाएसँगै यसको गरिमा थप बढेको कार्यशालाका अभियन्ता तथा मुर्तिकार ओम खत्रीले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!