पर्वतमा सिडीओ कल्पना घिमीरेका आठ महिना, यस्ता भए प्रशासन सुधारका काम - News site from Nepal

पर्वत– पर्वतका प्रमुख जिल्ला अधिकारी कल्पना घिमीरे नेपाल सरुवा भएर आएको ८ महिना पुगेको छ । यो आठ महिनामा भएका दर्जनबढि सिर्जनशिल कार्यहरु बारे अर्धबार्षिक बुलेटीन प्रकाशन गरि सार्वजनिक गरिएको छ ।
पछिल्लो समय जिल्ला प्रशासन कार्यालय पर्वतले प्रशासनवाट हुने कार्र्य सेवाग्राही मुखी बन्दै गएको जानकारी दिएको छ । मंगलवार प्रशासन कार्यालयमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गरि प्रशासनवाट हुने सेवालाई गुणस्तरिय बनाउँदै सेवाग्राही मुखी बनाएको जानकारी दिइएको हो ।
कार्यालयले नयाँ भवन बनाएको, राजश्व तथा धरौटीका लागि एकद्धार प्रणाली लागु गरेको, अर्धबाषिक बुलेटिन प्रकाशन गरेको, कार्यालय भित्र पुस्तकालय व्यवस्था गरेको, जिल्ला स्थित सबै सार्वजानिक जग्गाहरुको लगत तयार गरेको, जनाएको छ ।
त्यस्तै प्रशासनले कायालयको बेभ साइट अद्यावधिक गरिएको, पुराना नागरिकता अनुसूची फारमहरुको बुक व्याइण्डिङ गरि अभिलेख व्यवस्थापनलाइ निरन्तरता दिएको, शाखाहरुको नाम सहित कोठा नम्वर उल्लेख गरेको शाखागत नागरिक वडापत्रको व्यवस्था गरेको, हेलो जिल्ला प्रशाशन कार्यालय गुनासो फारमको व्यवस्था गरेको, सेवाग्राहीलाई मध्यनजर गरी कार्यालयवाट सम्पादन हुने विभिन्न सेवाका लागि निवेदन नागरिक सहायता कक्षवाट प्रदान गरिएको, प्रशासनमा मर्ता भएका संघसंस्थाहरुको विवरण वेभसाईटमा राखिएको, जिल्लामा भष्ट्राचार न्यूनिकरणका लागि नागरिक निगरानी समूह गठन गरिएको, कार्यालय परिसरभित्र विस्तृत नागरिक बडापत्रको व्यवस्था गरिएको जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी नेपालले कालीगण्डकी नदीको जग्गा खोजी शुरु भएको जानकारी दिनुभयो । उहाँले कालीगण्डकी नदीको जग्गा व्याक्तिको नाममा रहेको बारेमा एक समिति बनाएर अनुसन्धान शुरु भएको बताउनुभयो । कालीगण्डकी नदीमा हुने गरेको उत्खननको विषयमा पनि प्रसासनले चासो दिएको उहाँले बताउनुभयो । नदीमा अनाधिकृत उत्खनन हुन नदिन कडाई गरेको नेपालले बताउनुभयो ।
उहाँले चालु वर्ष नागरिकता र राहदानी वितरणको तथ्यांक पनि प्रस्तुत गर्नुभएको छ । प्रसासनले चालु वर्ष २ हजार २८ वटा नयाँ नागरिकता जारी गरेको छ । प्रतिलिपी नागरिकता १ हजार ४ सय ७१ वैवाहिक अंगिकृत ७ र कर्मचारी परिवार नागरिकता एउटा वितरण गरेको छ । साधारण राहादानी १ हजार ७ सय ९५ दु्रत राहदानी ४ सय ४४ वितरण भएको छ ।
राहादानी वितरण बाट ९३ लाख ६५ हजार राजस्व संकलन भएको छ । यस अवधिमा ३७ संस्था दर्ता भएका छन् भने २१५ नविकरण भएका छन् । २२० जनाको पेन्सन सिफारिस भएको छ भने १ हजार १५० विविध सिफारिस भएको प्रसासन कार्यालयले जनाएको छ ।
जिल्लामा संस्था दर्ता धेरै हुने गरेका छन् भने नविकरण भने कम मात्रामा हुने गरेको प्रमुख जिल्ला अधिकारी नेपालले जानकारी दिनुभयो ।
प्रसासनमा ३४ मुद्धा दर्ता भए भने ३६ फस्यौट भएका छन् । हातहतियार नविकरण १३ जनाले गरेका छन् । यस वर्ष प्रसासनमा २५० गुनासो दर्ता भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!