
पर्वत – विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण भएको लकडाउनले समस्यामा परेका दैनिक ज्यालादारी गर्ने र आर्थिक अवस्था कमजोर भएका परिवारको सहयोगार्थ कुश्मा नगरपालिकामा संचालित विपद व्यवस्थापन कोषमा पर्वतमा क्रियाशिल लायन्स क्लवहरुले खाद्यान्न सहयोग गरेका छन् ।
पर्वत स्थित ७ वटा लायन्स क्लबहरु, इच्छुक संघसंंस्था, व्यवसायिक प्रतिष्ठान र व्यक्तिले समेत स्वतस्फूर्त रुपमा कुश्मा नगरपालिकाले संचालन गरेको खाद्य बैंकमा ३० किलो. तौलको सोना मन्सुली चामल ११० बोरा अर्थात (३ हजार ३०० किलो) र दाल १० किलो गरी करिब एक लाख पैसठ्ठी हजार रुपैया“ बराबरको खाद्यान्न हस्तान्तरण गरेको छ ।
आज खाद्य बैंकमा आयोजित हस्तान्तरण कार्यक्रममा नगर प्रमुख रामचन्द्र जोशी, उप प्रमुख सिता काफेले लामिछाने र कार्यकारी अधिकृत हरी पंगिीनीलाई सबै क्लबहरुका तर्फबाट डिष्ट्रिक्ट को–चिफ एडभाइजर तथा कार्यक्रम संयोजक बसन्तकुमार कर्माचार्यले हस्तान्तरण गर्नुभएको हो ।
त्यसै गरी लायन्स क्लब अन्तर्राष्ट्रिय, डिष्ट्रिक ३२५ बी १ बाट प्राप्त पि.पि.इ. ८ सेट पर्वत जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडीलाई हस्तान्तरण गरिएको छ । कार्यक्रममा ७ वटै क्लबका अध्यक्ष तथा प्रतिनिधी तथा लायन्स डिष्ट्रिक्ट पदाधिकारीको उपस्थिीति रहेको थियो ।
लायन्स पदाधिकारीहरुले संकटको यस घडीमा प्रदान गरीएको यो खाद्यान्नले आवश्यक परेका व्यक्ति तथा परिवारलाई राहत पुग्ने र पिपिइ सेटले स्वास्थ्यकर्मीहरुलाई सेवा कार्यमा सहज हुने पुग्ने बताएका छन् । पर्वत जिल्लाका लायन्सले पर्वत अस्पतालका लागि तत्काल १ सेट पोर्टेएवल भेन्टिलेटर मेशिन सहयोगका लागि लायन्स डिष्ट्रिक्ट ३२५ बी १ मार्फत लायन्स अन्तर्राष्ट्रियमा पहल गरिरहेको क्लष्टर प्रमुख लायन विषमकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
उक्त खाद्यान्न सहयोगका लागि लायन्स क्लब अफ शिवालय कुश्मा पर्वतले रु. २५ हजार लायन्स क्लब अफ पर्वत कुश्मा सिटीले रु. २७ हजार, लायन्स क्लब अफ पर्वत मोदिकालीले रु. २५ हजार, कालिगण्डकी एकेडेमी, कुश्माले रु. १० हजार, लायन्स क्लब अफ पर्वत ब्रिजसिटीले रु.१० हजार, लायन्स क्लब अफ पर्वत भुमेकोटले रु. १० हजार, बेल्जियम निवासी ज्ञानेन्द्र कर्माचायले रु.१५ हजार, लायन्स क्लब अफ पर्वत पिस कुश्माले रु. १० हजार, होटल बेन्जु प्रा.लिले रु. १० हजार, लायन्स क्लब अफ पर्वत गुप्तेश्वरले १० बोरा चामल र १० किलो दाल र कुश्मा अर्मादी निवासी समिर जोशीले रु.५ हजार ५ सय५५ प्रदान गर्नुभएको थियो ।