पर्वत – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कुश्मा नगर कमिटिले कुश्मा नगरपालिकालाई नगद ५० हजार सहयोग हस्तान्तरण गरेको छ ।
नगर कमिटिका अध्यक्ष शंकर गिरीले कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीलाई नगद ५० हजार सहयोग हस्तान्तरण गरेका हुन ।
नगरपालिकाले एकद्धार नीति मार्फत कोरोनाका कारण विपद्मा परेका विपन्न परिवारलाई प्रदान गर्ने राहत कोषमा नगरकमिटिले नगद ५० हजार रुपैंया सहयोग गरेको हो ।
नगरपालिकाले नगरपालिका भित्रका विपन्न परिवारका लागि उक्त रकमबाट खाद्यन्न उपलब्ध गराउनेछ ।कार्यक्रममा नेकपा कुश्मा नगर कमिटिका अध्यक्ष गिरीले विपदका बेलामा गरिब तथा विपन्नहरुलाई आर्थिक सहयोग गर्ने उद्धेश्यले स्थापित कोषमा सक्दो सहयोग गर्न पार्टी कार्यकर्ताहरुलाई आव्हान गर्नुभयो ।
कार्यक्रममा कुश्मा नगरापलिकाका नगरप्रमुख रामचन्द्र जोशीले संकटको बेला कोहिपनि परिवार भोकै बस्नु नपरोस र आर्थिक अभावमा उपचार वाट बञ्चित हुन नपरोस भनेर यो कोष संचालनमा ल्याईएको बताउँदै स्वत स्फुर्त सहयोग गर्न आव्हान गर्नुभयो । उहाँले नगरपालिकामा संकलित भएको राहत एकद्धार प्रणालीवाट पारदर्शि रुपमा वितरण गरिने बताउँदै संकटको बेला एकजुट हुन पनि नगरवासीहरुलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा कुश्मा नगरपालिकाका उपप्रमुख सिता काफ्ले लामिछाने, प्रमुख प्रशासकिय अधिकृत हरि पंगिनी लगायत जनप्रतिनिधिहरु र नेकपाका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।