पर्वतको बिहादीमा १५ लाखको राहत कोष स्थापना, राहत वितरण एकद्धार प्रणालीबाट गरिने - News site from Nepal

पर्वत । जिल्लाको विहादी गाउँपालिकाले विपद् कोष परिचालनका लागि १५ लाख रुपैयाको ब्यवस्थापन गर्ने भएको छ । गाउँपालिकाका अध्यक्ष कमल भुषालका अनुसार गाउँपालिकाले महामारी नियन्त्रण रोकथाम तथा राहत वितरण कार्यका लागि गाउँपालिकाले उक्त रकमको घोषणा गरेको हो ।

गाउँपालिकाको कोष तथा कर्मचारीहरुको तर्फबाट तलब कट्टा गरी उक्त कोषको रकम पुरा गरिने भुषालले जानकारी दिए । गाउँपालिकाले कोषमा रकम ब्यवस्थापनका लागि कर्मचारीहरु मध्ये अधिकृत स्तरका कर्मचारीको ५ दिन बराबरको र अन्य कर्मचारीको ३ दिन बराबरको तलब समेत कोषमा जम्मा गर्नेछ ।

गाउँपालिकाले स्थापना गरेको उक्त कोषमा स्थानीय अन्य ब्यक्तिले पनि स्वच्छिक रुपमा सहयोग गर्न भुषालले आब्हान गरेका छन । उनले गाउँपालिकाले राहत वितरणलाई कडाई गर्दै एकद्धार प्रणाली मार्फत राहत सामाग्रीहरु वितरण गर्ने समेत जानकारी दिए । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषीराम पन्थीका अनुसार राहत दोहोरो नपर्ने गरी गाउँपालिकाले राहत प्याकेज तयार गरी सोहि बमोजीम राहत वितरण गरिनेछ ।

गाउँपालिकाले विदेशबाट पवर्mेकाहरुको सुचि समेत तयार पारेको छ । उक्त सुचिका आधारमा विदेशबाट फर्केकाहरुको स्वास्थ्य अवस्थाको स्वास्थ्य शाखा मार्फत निरन्तर निगरानी गरीरहेको समेत पन्थीले बताए । स्वास्थ्य अवस्थामा समस्या आउँदा साथ उनीहरुको उपचारका लागि लगिने उनको भनाई छ । यस अघि विहादी १ बाच्छाकी एक महिलालाई कोरोना परिक्षण गर्दा परिक्षण नेगेटिभ आएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!