
पोखरा
पोखरामा औद्योगिक व्यापार मेला आज (शुक्रवार) देखि सुरु भएको छ । लगानीको सम्बर्दन, उद्योग व्यवसायको प्रवर्दन” भन्ने मुल नाराका साथ औद्योगिक व्यापार मेला सञ्चालन गरिएको हो ।
पोखराको नयाँबजार स्थित प्रदर्शनी स्थलमा हुन गइरहेको समृद्धि स्टिल्स् राष्ट्रिय औधोगिक व्यापार मेलाको खराब मौसमका कारण उद्योग पोखरा वाणिज्य महासंघको सभाहलमा उद्घाटन समारोह आयोजना गरिएको थियो ।
पोखरा उद्योग बाणिज्य संघ र नेपाल उद्योग बाणिज्य महासंघको आयोजनमा सञ्चालन भएको औद्योगिक व्यापार मेलाकोको उद्घाटन गर्दै गण्डकी प्रदेशका उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री विकास लम्सालले सरकार र निजि क्षेत्र मिलेर उत्पादन वृद्धिका साथै रोजगारी सिर्जना गर्नुपर्नेमा जोडदिनुभयो । निजि क्षेत्र सँगको साझेदारीमा देशमा उत्पादन बद्धि सँगै रोजगारी सिर्जना गर्ने धेरै अवसरहरु भएको बताउदै उत्पादन वद्धि हुने क्षेत्रमा लगानी बढाउन निजि क्षेत्रलाई अपिल समेत गर्नुभयो । मन्त्री लम्सालले स्वदेशी उत्पादनहरुले बजार भाउ नपाउदा मुलकले दिनानुदिन चर्को व्यापार घाटा व्योहोर्नुपरेको वर्तमान अवस्थामा निजि क्षेत्र सँगको सहकार्य बाटनै स्थानिय स्तरमा उत्पादित बस्तुहरुलाई अन्तराष्ट्रिय बजार पु¥याउन सकिने बताउनुभयो ।
मन्त्री लम्सालले स्वदेशी गुणस्तरिय बस्तुले बजार भाउँ नपाउने तर गुणस्तरहिन बिदेशी सामाग्रहरुले नेपाली बजार कब्जा गर्दै गएको बताउदै आयातित सामान प्रयोग गरेर मुलुकले कहिले पनि आर्थिक विकास र समृद्धि हासिल नगर्ने बताउनुभयो ।
देशमा आर्थिक विकास र समृद्धि हासिल गर्न स्थानिय उत्पादन हुनुपर्नेमा जोड दिदै मन्त्री लम्सालले एक गाउँ एक उत्पादन हुने गरी अब गाउँ गाउँबाट उत्पादन, रोजगारलाई बिषेश जोड दिनुपर्ने बताउनुभयो । प्रदेशको राजधानी पोखराबाट आगामी करिब एक बर्षमा अन्तर्रा्ष्ट्रिय हवाई उडान हुने हुदा आगन्तुक पाहुनालाई खुवाउने देखि आफ्नो देशमा नेपालको चिनोको रुपमा लैजाने सामानहरुको लागि कोसेली हाउस स्थापना गर्नुपर्ने मन्त्री लम्सालले बताउनुभयो ।
उनले भन्नुभयो “ हामीले सन २०२१ देखि पोखरामा सिधा अन्तराष्ट्रिय हवाई उडान गर्दैछौं, यहाँ आएका पाहुनालाई हामीले कोसेलीको रुपमा के दिन भनेर अब हामीले सोच बिचार गरी नयाँ नेपाली पन झल्कने बस्तु उत्पादन गर्नुपर्छ, जसलाई हामीले ड्युटि फ्रिबाट करोडौंको सामान विदेश निर्यात गरी डलर आर्जन गर्न सक्छौं । ”
प्रदेश सरकारले गत बर्ष कोसेली घर स्थापना गर्न ५० लाख रुपैया विनियोजन गरे पनि प्राविधिक कारणले गर्दा काम अघि बढ्न नसकेकोको उल्लेख गर्दै मन्त्री लम्सालले यस बर्ष भने कोसेली घर स्थापना गर्न निजी क्षेत्रसंग प्रदेश सरकारले सहकार्य गर्न तयार रहेको बताउनुभयो ।
निजी क्षेत्रको साझा संस्था पोखरा उद्योग बाणिज्य संघले उत्पादन र आम उपभोक्तालाई एकै स्थलमा भेला गराएर उद्योग व्यवसायमा थप टेवा पुगेको विश्वास व्यक्त गरे । प्रदेशमा धेरै सम्भावना भएर यस बर्ष विदेशी लगानी भित्राउने उद्धेश्यले कुनै हालतमा यस बर्ष लगानी सम्मेलन गरी छाड्ने दाबी गर्नुभयो । गत बर्ष हुने भनिएको लगानी सम्मेलन आवश्यक तयारी नपुगेर हुन नसकेको बताउनुभयो ।
प्रदेश सांसद एवं संघका पूर्व अध्यक्ष बिन्दुकुमार थापाले मेला महोत्सवले देशको आर्थिक विकास र समृद्धिमा टेवा पुगेको जनाउनुभयो ।
पोखरा उद्योग,वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले उद्योग क्षेत्र बलियो बन्न नसकेमा मुलुकमा रोजगारी र समृद्धि प्राप्त गर्न नसकिने बताउनुभयो । उद्योग क्षेत्रको चौतफी विकासका लागि सरकारले ठोस कार्ययोजना ल्याउनुपर्ने धारण राख्नुभयो । उहाँका अनुसार मेला बाट बचल भएको रकम प्रदर्शनी केन्द्रको पूर्वाधार निर्माण तथा सामाजिक कार्यका लागि मात्र खर्च गरिने छ ।
।
पोखरा पर्यटन परिषदका अध्यक्ष चिरन्जिबी पोख्रेलले आगन्तुक पाहुनाको लागि स्थानिय उत्पादनको मायाको चिनो (कोसेली) अति आवश्यक भएको बताउनुभयो ।
यही पुष २८ गतेसम्म चल्ने उक्त मेलामा २०७६ मा २ सय ७० वटा व्यापारिक स्टलहरु रहने भएकाछन् ।
सो मेलामा विभिन्न औद्योगिक उत्पादनका सामाग्रीहरु, हस्तकला, बगैचा, बैंक तथा वित्तीय क्षेत्र, फ्लोरिकल्चर, अटोमेला, सूचना तथा प्रविधिहरुको प्रदर्शनी, दैनिक उपभोग्य घरायासी सामानहरु, लत्ता कपडा तथा श्रृगारका सामाग्रीहरु मेलामा खरिद गर्न सकिने छ ।
मेलामा थप आर्कषकमा ख्यातिप्राप्त व्याण्डद्वारा सांगितिक कार्यक्रमको प्रस्तुति, खुल्ला तथा एकल नृत्य प्रतियोगिता, प्रहशन लगायत मेलाको बम्पर उपहारका रुपमा हिरो कम्पनीको स्कुटर राखिने आयोजक संस्थाले जनाएको छ ।