पर्वतको महाशीलामा विद्युतका पोल र तार नछुन विद्युत प्राधिकरणको अनुरोध - News site from Nepal

पर्वत-  पर्वतको महाशिला गाउँपालिकामा नेपाल विद्युत प्राधिकरण प्रादेशिक कार्यालय पोखरा पर्वत वितरण केन्द्रले सार्वजनिक गरेको विद्युतीय लाइन प्रशारण सम्बन्धी सूचना आफ्नो गाउँपालिकाका बासिन्दाहरुको जानकारीका लागि सूचित गरेको छ ।

आज देखि नेपाल विद्युत प्राधिकरण प्रादेशिक कार्यालय पोखरा पर्वत वितरण केन्द्रले चार्ज गरी विद्युत प्रसारण गर्न लागेको हुँदा सो अवधिसम्म विद्युत लाइनमा प्रयोग भएका पोल, च्यान, स्टे, तार, ट्रान्सर्फमर लगायत विद्युतीय संरचनामा छुने, नजिक जाने, पोल चढ्ने लगायतका कार्य नगर्न भन्दै केन्द्रले जारी गरेको सूचनालाई गाउँपालिकाले सर्वसाधारणको जानकारीका लागि सूचित गराएको हो ।

चनालाई अटेर गरेर कुनै विद्युतीय दुर्घटना भएमा नेपाल विद्युत प्राधिकरण जवाफदेहि नहुने सूचनामा उल्लेख छ । उक्त सूचनामा उपरोक्त ठाउँमा विद्युतीय संरचनामा कतै आगोलागि भए वा अन्य कुनै कैफियत देखिएमा प्राधिकरणको पर्वत वितरण केन्द्रमा फोन गरी खबर गर्न अनुरोध गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!