पर्वतको मोदी गाउँपालिकामा आज राति १२ बजेदेखि २२ गते सम्म लकडाउन घोषणा - News site from Nepal

पर्वत- समुदायमा थप कोरना फैलिन नदिनको लागि मोदी गाउँपालिकाले ५ दिन सबै कामकाज ठप्प पार्ने भएको छ ।
गाउँपालिकाको कार्यालय तथा मोदी गाउँपालिकाका सबै वडा कार्यालयहरुको अत्यावश्यक सेवा बाहेकको सेवा, शैक्षिक संघ संस्थाबाट प्रदान गरिने सेवाहरु, गाउँपालिका स्थित बैंक, वित्तीय संस्था एबम सहकारी बाट प्रदान गरिने सेवाहरु र अत्यावश्यक सेवा र वस्तु बाहेकका पसलहरु बन्द रहने छन् । कार्तिक ६ गते गरेको पिसिआर परिक्षणमा २ जनामा संक्रमण पुष्टि भएपछि थप संक्रमण फैलिन नदिनको लागि ५ दिन लकडाउन घोषणा गरीएको मोदी गाउँपालिकाका प्रबक्तmा बिमल लामिछानेले बताउनुभयो । लकडाउन आज राती १२ बजे पछि २२ गते राती १२ बजेसम्म रहने छ । लकडाउन शुरु भएसंगै गाउँपालिका भित्रका मुख्य बजार क्षेत्रहरु पुणर् रुपमा बन्द रहने छन् ।

यसैगरी अत्यावश्यक सेवा बाहेक मोदी गाउँपालिकाका बिभिन्न शाखा सडकहरुबाट संचालन हुने यातायात सेवा पनि पुणर् रुपमा बन्द रहने प्रमुख प्रशासकिय अधिकृत किसानबहादुर क्षेत्रीले जानकारी दिनुभयो । मध्य पहाडी लोकमार्गमा भने लामो दुरीका सवारी साधन सञ्चालन हुनेछन् । गाउँपालिकाले अत्यावश्यक काम बाहेक सुरक्षा र जनस्वास्थ्य मापदण्ड पालना नगरी घरबाहिर ननिस्कने तथा निणर्य कार्यान्वयन गराउन सबै गाउँपालिका बासिहरुमा अनुरोध गरेको गाउँपालिकाका अध्यक्ष प्रेम पौडेलले जानकारी दिनुभयो । अध्यक्ष पौडेलले अत्यावश्यक काममा बाहेक उल्लेखित अवधिमा छिमेकी स्थानीय तह एबम जिल्लाहरुबाट मोदी गाउँपालिका प्रवेश नगर्न समेत अनुरोध गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!