
पर्वत – पर्वतको कुस्मा नगरपालिका वडा नं १३ खौलालाँकुरीमा एक महिला मृत फेला परेकी छन ।
खौलालाँकुरीको बाम्रा गाउँकी २९ बर्षिया पुर्णकुमारी नेपाली घर नजिकैको बारीमा मृत फेला परेकी हुन ।
नेपालीलाई घर नजिकै बारी र खोला छेउमा शनिबार ३ बजेतिर मृत अबस्थामा फेला पारिएको थियो । उनको मृत्यु शंकास्पद रहेको भन्दै माइती पक्षले छानिवनको माग गरेका छन । माइती पक्षले पुर्णकुमारीको हत्या भएको आशंका गरेका छन ।
जिल्ल प्रहरी कार्यालयले मृतकको शब पोष्ट मार्टमका लागि पर्वत अस्पतालमा ल्याइएको र घटनाका बारेमा अनुसन्धान भैरहेको जानकारी दिएको छ ।