
पर्वत- औषधी व्यावसायीहरुको छाता संगठन औषधी व्यावसायी संघ पर्वतले जिल्ला प्रशासन कार्यालय अतर्गत रहेको विपद व्यवस्थापन समिति र नेपाल पत्रकार महासंघलाई विभिन्न स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।
विश्वव्यापी रुपमा फैलिएको कोरोनाको संक्रमणका बीचमा पनि जिल्लाका समग्र शान्ति सुरक्षा र प्रकोप न्यूनिकरणमा खटिने सुरक्षा निकायलाई उक्त सामाग्री सहयोग गरिएको हो । जिल्ला विपद व्यवस्थापन समितिका संयोजक समेत रहनुभएका प्रमुख जिल्ला अधिकारी कल्पना घिमीरे नेपाललाई प्रकोप न्यूनिकरणका लागि लगाईन ग्लोब्स (पन्जा) ८ सय थानm ६ वोेत्तल स्प्रिट, १० थान स्यानीटाईजर र ३१ थान डिटोल साबुन सहयोग गरिएको हो ।
उक्त सामाग्रीहरु औषधी व्यावसायी संघ पर्वतका अध्यक्ष राजेश पौडेल लगायतका पदाधिकारीले प्रजिअ नेपाललाई हस्तान्तरण गर्नुभएको थियो ।
त्यसैगरी संघले यस्तो महामारीका बेला पनि जिल्लामा सक्रिय भएर पत्रकारिता गर्ने पत्रकारहरुलाई १ सय थान ग्लोब्स (पन्जा) र ५० थान सर्जिकल माक्स सहयोग गरिएको हो । उक्त सामान पत्रकार महासंघ पर्वतका सचिब गणेश गिरीलाई अध्यक्ष पौडेलले हस्तान्तरण गर्नुभएको हो ।
सो अवसरमा प्रमुख जिल्ला अधिकारी कल्पना घिमीरे नेपालले निजि औषधी व्यावसायीहरु पनि राज्यसँगै सहकार्य र हातेमालो गर्न तत्पर भएकोमा धन्यवाद व्यक्त गर्नुभयो । उहाँले आवश्यक परेको अवस्थामा राज्यलाई सहयोग गर्न पनि आग्रह गर्नुभएको छ । प्रजिअ नेपालले हामी सवैको सहकार्यवाट मात्रै यस्तो खालको महामारीलाई न्यूनिकरण गर्न सकिने बताउँदै व्यक्तिगत सुरक्षालाई ध्यानमा राख्दै विरामीहरुको सेवामा सक्रिय भएर लाग्न समेत आग्रह गर्नुभयो ।
कार्यक्रममा औषधी व्यावसायी संघ पर्वतका अध्यक्ष राजेश पौडेलले यस्तो जोखिमपुर्ण अवस्थमा पनि औषधी व्यावसायीहरुले सेवा प्रदान गरिरहेको बताउँदै राज्यले आवश्यक सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँल राज्यलाई आवश्यक परेको खण्डमा आफुहरु दक्ष जनशक्ति उपलव्ध गराउने प्रतिवद्धता व्यक्त समेत गर्नुभयो । उहाँले नियमित रुपमा स्वास्थ्य सेवामा सक्रिय औषधी व्यावासायी र स्वास्थ्य कर्मिहरुको विमा राज्यले गरिदिनुपर्ने प्रजिअमार्फत माग समेत गर्नुभएको छ । भने जिल्लामा उपलव्ध पिपिई (प्रसनल प्रोटेक्टेड इक्वीपमेन्ट) निजि अस्पताल तथा मेडिकल संचालकहरुलाई समेत उपलव्ध गराउन माग गर्दै त्यस्ता बस्नुहरु भएमा सुरक्षित रुपमा विरामीको सेवा गर्न सकिने बताउनुभयो ।
सो अवसरमा जिल्ला अस्पताल पर्वतका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. शिशिर देवकोटाले ज्वरो र लामो दुरीको यात्रावाट आएका बिरामीहरुलाई निजि अस्पताल र क्लिनिकहरुमा चेकजाँच नगर्न आग्रह गर्नुभयो । सम्भावित लक्षण देखिएका बिरामीहरुको एकद्धार प्रणालीवाट उपचार गरिने भएकाले त्यस्ता विरामीहरुलाई जिल्ला अस्पतालमा रहेको फिवर क्लिनिकमा पठाउन आग्रह गर्नुभयो ।