संक्रमितमध्ये १ लाख ९३ हजार ९ सय ८९ जनाले स्वास्थ्य उपचार गराई घर फर्केका छन् । अहिले ६ लाख ९४ हजार ८ जना विश्वका विभिन्न अस्पताल, आइशोलेसन, क्वारेन्टाइनमा उपचाररत छन् ।
जसमध्ये ३५ हजार ४ सय ७४ जनाको अवस्था गम्भीर छ ।
कोरोना संक्रमितको संख्या सबैभन्दा धेरै अमेरिकामा छ । जहाँ २ लाख १५ हजार ३ जना संक्रमित हुँदा ५ हजार १ सय २ जनाले ज्यान गुमाएका छन् ।
त्यस्तै मृत्यु इटालीमा सबैभन्दा बढी छ । १ लाख १० हजार ५ सय ७४ जना संक्रमित हुँदा इटालीमा १३ हजार १ सय ५५ जनाले ज्यान गुमाएका छन् । स्पेनमा १ लाख ४ हजार १ सय १८ संक्रमित हुँदा ९ हजार ३ सय ८७ जनाले ज्यान गुमाएका छन् ।
चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको नयाँ संक्रमण अहिले (बितेको २४ घण्टा) चीनमा देखिएको छैन ।