पर्वतको फलेबासमा छिमेकी जिल्लाबाट आएकालाई पनि क्वारेन्टाईनमा राख्न शुरु - News site from Nepal

पर्वत-  कोभिड–१९ को सम्भावित जोखिम रोक्न विदेश वा लामो यात्राबाट आएकाहरूलाई दुई साता छुट्टै राख्न समेत कठिनाई भैरहेको बेला पर्वतको फलेबास नगरपालिकाले छिमेकी जिल्लाबाट प्रबेश गरेकालाई पनि क्वारेन्टाईनमा राख्न शुरु गरेको छ ।
फलेबास नगरपालिकाले दोस्रो चरणको लकडाउन शुरु भएपछि छिमेकी जिल्लाबाट आएकालाई समेत क्वारेन्टाईनमा राख्न थालेको हो ।
नगरपालिकाले पोखराबाट गाउँमा आएका ३ जनालाई वडा नं २ थापाठानामा बनाईएको क्वारेन्टाईनमा राखेको छ । लक डाउनको अबधीमा जो जहाँ बसेको छ, सुरक्षित साथ बन्नुपर्नेमा छिमेकी जिल्लाबाट आउनेहरु पनि संक्रमितको सम्पर्कमा पुगेको हुन सक्ने भएकाले दुई हप्ता क्वारेन्टाइनमा राख्न थालिएको नगरपालिकाका प्रमुख पदमपाणी शर्माले बताउनुभयो ।
जिल्ला प्रशासन र स्थानीय तहका अनुसार चैत पहिलो सातायता कोभिड–१९ ले संक्रमित देशहरूबाट मात्रै फर्किएकाहरूको संख्या साढे दुई सयभन्दा बढी छ। अन्य जिल्लाबाट आउनेहरूको संख्या यकिन छैन। जोखिमयुक्त मुलुक र लामो यात्राबाट गाउँ आएकालाई अलग्गै राख्न सबैजसो स्थानीय तहले क्‍वारेन्टाइन कक्ष बनाएका छन्। जिल्लामा हालसम्म ३ सय ५४ शय्याका क्‍वारेन्टाइन बनिसकेका छन्। फलेबास बाहेक बिहादी गाउँपालिकामा भारतबाट फर्केका २ जना रहेका छन भने कुस्माको क्वारेन्टाइनमा रहेका चार जनालाई नै घर पठाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!