
पर्वत– समुदाय– प्रहरी साझेदारी कार्यक्रम अन्तरगत जिल्ला प्रहरी कार्यालय पर्वतको आयोजनामा प्रहरी कर्मचारीहरुका लागि लागु औषध सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा नेपाल प्रहरीका पूर्व प्रहरी वरिष्ठ उपरीक्षक तथा नार्कोननका दक्षिण एशियाली प्रमुख बसन्तराज कुँवरले लागु औषध भनेको के हो ? नेपालमा कति किसिमका लागु औषध पाईन्छन् ? यसको असर र यसबाट बच्ने उपायहरु बताउदै आफ्नो प्रस्तुतीकरण राख्नुभएको थियो । समाजमा घट्ने धेरै जसो आपरधिक घटनाहरु लागु औषधको कारण घट्ने भएको हुँदा यसलाई रोक्नका लागि प्रहरी सकृय रुपमा लाग्नु पर्ने उहाँको भनाई रहेको थियो ।
सो अवसरमा सहभागिहरुवाट यसै विषयमा उठेका जिज्ञासाहरुको पनि नार्कोनन नेपालका संस्थापक कुँवरले जवाफ दिनुभएको थियो । कार्यक्रममा प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले से नो टु ड्रग, से एस टु लाईफ भन्ने नारालाई हामीले सदैव आत्मसाथ गरेर समाजसँग सहकार्य गर्दै अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो ।
समाजमा शान्ति सुरक्षा कायम गर्न र अपराध न्युनिकरण गर्न सहज हुने कुरा बताउदै अर्यालले यस किसिमको प्रशिक्षणका लागी नार्कोनन नेपालका संस्थापक बसन्तराज कुँवरलाई धन्यवाद दिनुभएको छ ।
कार्यक्रमको संचालन प्रहरी नायव निरीक्षक मोहन कुमार खड्काले गर्नु भएको थियो ।