पर्वतको महाशीलाका विपन्न परिवारको घरमा आज खाद्यान्न पुग्ने - News site from Nepal

पर्वत– पर्वतको महाशीला गाउँपालिकाका विपन्न परिवारको घर घरमा आजदेखि खाद्यान्न पुग्ने भएको छ ।
विश्वव्यापी रुपमा फैलिएको नोबेल कोरोना भाईरस (कोभिड १९) को संक्रमणका कारण मुलुक दुई साताका लागि लक डाउन हुँदा समस्यामा परेका परिवारलाई गाउँपालिकाले घर घरमै खाद्यान्न दिने भएको हो । गाउँपालिकाले जसको घर जग्गा छैन, तीन महिना भन्दा बढि खान पुग्दैन त्यस्ता परिवारको सुचीमा १ सय ५६ जना समावेश भएका छन् ।
महाशीला गाउँपालिकाको मंगलवार सम्पन्न सर्वदलिय वैठकले आजदेखि सवै विपन्न परिवारको घरघरमा रु २ हजार रुपैया बराबरको खाद्यान्न पु¥याउने निर्णय गरेको थियो । सोहि निर्णय अनुसार आजैदेखि पालिकाका ६ वटै वडाका विपन्न र मजदुरको घरमा चामल, दाल, च्युुरा, तेल लगायतका खाद्यान्न पु¥याउन थालिएको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार गाउँपालिकाका जनप्रनिधि, कर्मचारी र स्वयंसेवकले घरमै लगेर खाद्यान्न दिने भएका छन् । वडा कार्यालयमा बोलाउँदा ठुलो भिड जम्मा हुने र संक्रमणको खतरा हुने भएकाले घरमै लगेर दिईने अध्यक्ष पौडेलले जानकारी दिनुभयो ।
कम्तिमा मजदुर र विपन्न परिवारलाई दैनिक खानपानमा समस्या नहोस् भनेर पालिकाले यस्तो निर्णय गरेको हो ।
यसैबीच महाशीलाको मुख्य व्यापारिक केन्द्र लुंखुदेराली बजार आज विहान अनुगमन गरिएको छ । गाउँपालिकाका प्रवक्ता जीवन विक्रम उच्चै, स्थानीय राजनीतिक दलका प्रमुखहरु र सुरक्षा निकायको सहभागितामा बजार अनुगमन गरिएको हो । अनुगमनका बेला देखिएका विभन्न खाद्यबस्तुको अभाव आपुतिउृका लागि तत्काल पहल गरिने प्रवक्ता ठकुरीले जानकारी दिनुभयो । अधिकांस बस्तुहरु पर्याप्त रहेको र ग्याँस लगायतका केहि बस्तुहरु अभाव भएको पाईएको उहाँले बताउनुभयो ।
जिल्लामै पहिलोपटक महाशीला गाउँपालिकाले विपन्न, गरिब तथा मजदुरहरुका लागि राहत घोषणा गरेको हो ।
महाशीलामा अन्यत्रवाट आएर विभिन्न विकास निर्माणमा कार्यरत मजदुर भएमा पनि दुई हजार बराबरको राहत सामाग्री दिने गाउँकार्यपालिकाले निर्णय गरेको थियो ।
त्यसैगरी वैठकले लुंखुदेउरालीमा रहेको धुँवाकोट महाशीला क्याम्पसमा संचालन गरिएको १५ शैयाको क्वारेन्टाईनलाईनै सिंगो गाउँपालिकाको साँझा क्वारेन्टाईनको रुपमा विकास गर्ने निर्णय गरेको छ । यसलाई आवश्यकता अनुसार क्षमता बृद्धि गर्ने र ६ वटै वडाबाट क्वारेन्टाईनमा राख्नुपर्ने सम्भावित जोखिमका व्यक्तिहरुलाई सोहि क्वारेन्टाईनमा राखिने समेत निर्णय भएको अध्यक्ष पौडेलले जानकारी दिनुभयो ।
गाउँपालिका भित्र रहेका सवै खाद्यान्न पसलहरुको अनुगमन गरी आपुर्तिका लागि सहजीकरण गर्ने निर्णय समेत वैठकले गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!