
पर्बतको जलजला गाउँपालिका वडा नम्बर ७ धाईरिङ र वडा नम्बर ८ नाङलिबाङ का दुबै युवाहरुको रिर्पोट परिक्षणका क्रममा नेगेटिभ आएको पर्वत कोरोना अस्पतालले जानकारी दिएको छ ।ज्वरो र रुघाखोकी लागेपछि उनिहरुलाई थप परिक्षणका लागि अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो ।
बिरामी युबाहरुमा केही दिन रुघाखोकी र ज्वरो आएको थियो । सोमबार दिउँसो भर्ना भएका उनिहरुको स्बाव परिक्षणको लागि हिजो नै पठाईएको र आज साझँ रिर्पोट आएको र दुबैको रिर्पोट नेगेटिभ देखिएको पर्वत अस्पतालका निमिक्त मेडिकल सुपरिटेण्डन्ट डा. शिशिर देबकोटाले बताउनुभयो ।
अहिले सम्म पर्बतको कोरना अस्पतालमा ५ जना बिरामीहरुलाई आईसोलेसनमा राखिएको भएपनि यस भन्दा अगाडि बागलुङका युबा र पर्बतको बिहादी गाउँपालीकाकी युबतीको रिर्पोट पनि नेगेटिभ आईसकेको छ ।