पर्वतमा लगानी बहस- सहासिक पर्यटन, खानी र कृषिजन्य उद्योगमा लगानीका लागि उद्योगीको चाँसो - News site from Nepal

पर्वत /उद्योग बाणिज्य संघले आयोजना गरेको लगानी बहसमा सहभागी उद्योगी ब्यबसायीले सहासिक पर्यटन, खानी तथा कृषिजन्य उद्योग र जलबिद्युतका क्षेत्रमा लगानी गर्न चाँसो देखाएका हुन ।
पर्वत जिल्ला पछिल्ले समयमा साहसिक पर्यटनको गन्तब्य बन्दै गएको छ । पोखरामा क्षेत्रिय बिमानस्थल निर्माण भएपछि सबैभन्दा नजिकको गन्तब्य भएका कारण पर्वतमा पर्यटन उद्योगको ठुलो संभावना रहेको नेपाल भ्रमण बर्षका संयोजक तथा नेपाल उद्योग बाणिज्य महासंघका पुर्ब अध्यक्ष सुरज बैधले बताउनुभयो । ‘पोखराबाट एक घण्टाको दुरीमा रहेका कारण त्यहाँ आउने पर्यटकका लागि नयाँ नयाँ पर्यटकीय क्षेत्र र स्वादहरु पस्कने हो भने सबैभन्दा ठुलो उपलब्धी लिन सक्छ।’ उहाँले भन्नुभयो ‘राम्रो प्रडक्ट ल्याउनुभयो भने हामी पनि लगानी गर्न तयार छौ’ उहाँले पर्यटन बर्षका अवसरमा आयोजना गरिने पर्यटन लगानी सम्मेलनमा तीन चार वटा पर्यटनका नयाँ उद्योगहरु प्रस्ताबको रुपमा ल्याउन आग्रह गर्नुभयो ।

पर्वतमा बिश्वकै दोस्रो अग्लो बञ्जी जम्प, क्यानोनिङ्ग, ¥याफटिङ्ग, स्काई स्क्लाइक्लिङ्ग, स्विङ्ग, पदमार्गहरु सञ्चालन भैसकेका छन प्याराग्लाइडिङ्ग, भीरमा सिसाको पुल, अल्ट्रालाईट, रक क्लाइम्बिङ्गको संभावना छ । पञ्चासे, कालञ्जर, महाशिला, गुप्तेश्वर जस्ता धार्मिक तथा पर्यटकीय गन्तब्यमा रिर्सोट, केवलकार, अग्लामुक्तिहरु बनाउन सकिन्छ । जसले गर्दा पोखरा आएका पर्यटकहरुको बसाई लम्ब्याउने र नयाँ क्षेत्र घुम्ने अवसर दिलाउन सकिन्छ ।
यसैगरी पर्वतको महाशिलामा रहेको फलामखानीमा दैनिक ८० हजार टन फलाम उत्खनन गर्न सकिने एक अध्ययनले देखाएको छ । खनिज उत्खननका लागि त्यसको बिस्तृत सर्बेक्षण, पर्यावरणीय प्रवाह मुल्याँकन, सडक, बिद्युत तथा स्थानिय तहबाट कुनै अबरोध नहुने ग्यारेन्टी गर्न सकेमा फलामखानी उत्खनन गर्न सकिने नेपाल उद्योग बाणिज्य महासंघका पुर्र्ब अध्यक्ष कुशकुमार जोशीले बताउनुभयो । ‘फलामखानी लगायतका खानी उद्योगमा नेपाली मात्रै होइन चिनीयाँ लगानीकर्ताहरुले पनि चाँसो देखाईरहेका छन’ उहाँले भन्नुभयो ‘लगानीकर्तार्ला आकर्षित गर्ने योजना पनि चाहिन्छ’ ा पर्वतको फलामखानी उत्खनन र माटेमा रहेको स्टेल ढुंगाखानी,र दक्षिण पर्वतमा सिमन्ट उद्योगका लागि आबश्यक कच्चा पर्दाथ प्रशस्त भएकाले त्यसमा लगानी गर्न सकिने देखिएको छ ।

गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले हाम्रो क्षेत्रमा सुनको थाल रहेकाले यसलाई माग्नका लागि नभई प्रयोग गरेर सम्बृद्धि हासिल गर्न उद्योगी ब्यबसायीलाई आग्रह गर्नुभयो । कालीगण्डकी लोकमार्ग र मध्यपहाडी लोकमार्गमा नयाँ उद्योगहरु सञ्चालन गर्न सकिने प्रशस्त संभावना रहेको प्रतिनिधीसभाका सदस्य पदम गिरीले बताउनुभयो । उहाँले मुस्ताङ्गको स्याउ देखि पर्वत, बागलुङ्ग, म्याग्दीमा उत्पादित सुन्तला, तरकारीहरु भण्डारण गरेर तीब्बत र नेपाली बजारमा महंगो मुल्यमा बिक्री गर्न सकिने संभावना र कृषिजन्य उद्योगको संभावना खोज्न आग्रह गर्नुभयो । संबिधानसभाका सदस्य अर्जुनप्रसाद जोशीले भने उद्योगहरु सञ्चालनका लागि उचित वातावरण बन्नुपर्नेमा जोड दिदै सरकारले अझै लगानीको वातावरण बनाउन नसकेको आरोप पनि लगाउनुभयो। पर्वतमा नेपालमा नै सबैभन्दा बढी लप्सी पाइने भएका कारण लप्सी प्रशोधन उद्योग खोल्न सकिने समेत संभावना छ । पुर्व साँसद ऋषिकेश तिवारीले लप्सीको उत्पादन र बिक्री गर्ने ठुलो संभावनालाई उद्योगी ब्यबसायीले ध्यान दिनुपर्छ भन्नुभयो ।
पर्वतका स्थानिय सरकारका प्रमुखहरुले आफ्नो पालिकामा पर्यटन, खानी, कृषिजन्य उद्योग , जलबिद्युतका क्षेत्रमा लगानी गर्न इच्छुक उद्योगीहरुलाई स्वागत गर्दै त्यसका लागि स्थानिय सरकारबाट खेल्नुपर्ने सबै भूमिका निर्वाह गर्ने आश्वासन पनि दिनुभयो । कुस्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशी, महाशिला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेल , बिहादी गाउँपालिकाका अध्यक्ष कमलप्रसाद भुसाल, पैयुँ गाउँपालिकाका अध्यक्ष खगेन्द्रप्रसाद तिवारी, मोदी गाउँपालिकाका अध्यक्ष प्रेम पौडेल, फलेबास नगरपालिकाकी उपप्रमुख मञ्जु अधिकारी लगायतले आफ्ना पालिकामा रहेका संभावनाका बारेमा प्रकाश पार्नुभएको थियो ।
पर्वत महोत्सबको अवसर पारेर पर्वतमा नयाँ लगानीका क्षेत्रको खोजी र त्यसका लागि वातावरण बनाउन लगानी बहस कार्यक्रममा सफल भएको पर्वत उद्योग बाणिज्य अध्यक्ष केदारनाथ शर्माले बताउनुभयो । कार्यक्रमको सहजीकरण पर्वत उद्योग बाणिज्य संघका निर्वतमान अध्यक्ष हरिओम शर्मा लामिछानेले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!