पर्वतको कार्कीनेटामा नेपाली काँग्रेसको आयोजनामा श्रद्धाञ्जली सभा सम्पन्न - News site from Nepal

पर्वत– नेपाली काँग्रेस फलेवास नगरपालिका–१ कार्कीनेटाका पूर्व सभापति देवीचन्द्र उपाध्यायको स्मृतीमा श्रद्दाञ्जली सभाको आयोजना गरिएको छ ।
नेपाली कांग्रेसको फलेबास अन्तर्गत वडा नम्वर १ कार्कीनेटा वडा समितिले कार्यक्रमको आयोजना गरेको हो । उपाध्यायकै निबासमा आज (सोमबार) १३ औँ दिनको पुण्य तिथीमा आयोजित सभामा बोल्दै नेपाली काँग्रेसका केन्द्रिय सदस्य अर्जुनप्रसाद जोशीले उहाँको निधनले काँग्रेसमा ठुलो क्षती भएको बताउनुभयो ।
स्वर्गिय नेता उपाध्याय इमानदार र विचारप्रति प्रतिवद्ध भएको बताउँदै काकीनेटा मात्रै नभएर समग्र पर्वतको विकास निर्माण सँगै थुप्रै कुराहरु उठान गरी समाजमा परिवर्तन ल्याउन उहाँको महत्वपूर्ण योगदान गरेको इतिहास साक्षि रहेको बताउनुभयो । स्वर्गिय उपाध्यायसंग आफ्नो दुई पुस्ते सम्बन्ध रहेको बताउँदै नेता जोशीले उहाँको निधनले कार्कीनेटा र पर्वतबासीले एउटा सच्चा अभिभावक गुमाएको बताउनुभयो । समाज र देशका लागि उपाध्यायले देखेको सपना पुरा गर्ने जिम्मेवारी काँग्रेस नेता र कार्यकर्ताको काँधमा आएको भन्दै कांग्रेसभित्रको तिक्तता त्यागेर एकढिक्का हुन सकेमा मात्रै उहाँको सच्चा श्रद्दाञ्जली हुने बताउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस पर्वतका पार्टी सभापति खिमप्रसाद भुषालले उपाध्याय जस्ता नेपाली कांग्रेसका इमान्दार अभिभावकहरुकै कारण गाउँका कुना कन्दरासम्मका सुभेच्छुकहरुमा कांग्रेसप्रतिको मायाँ जागेको बताउनुभयो ।
सभापति भुषालले पनि उपाध्यायले अंगालेको बाटोमा हिड्न सकेमा मात्रै उहाँप्रतिको श्रद्दाञ्जलीले सार्थकता पाउने बताउनुभयो । कार्यक्रममा नेपाली कांग्रेस पर्वतका पुर्व पार्टी सभापति नवराज गुरुङ, उपसभापति दुर्गाबहादुर खत्री, महासमिति सदस्य बसन्तबहादुर सिके, प्रदेश सभा ख का उपबिजेता एवं महाधिबेशन प्रतिनिधी राजेन्द्रप्रसाद तिवारी, फलेबास नगरप्रमुखका उपबिजेता एवं महासमिति सदस्य गंगाधर तिवारीले स्वर्गिय उपाध्यायको योगदानबारे चर्चा गर्नुभयो ।
त्यस्तै पुर्व जिविस उप सभापति राम शर्मा पौडेल, फलेबास नगर सभापति हिरामणी सापकोटा, पैयुं गाउँपालिकाका अध्यक्ष खगेन्द्रप्रसाद तिवारी, फलेबास–३ शंकरपोखरीका वडाध्यक्ष अर्जुनबहादुर कार्की, निजामती कर्मचारी युनियन संघका केन्द्रिय उपाध्यक्ष शिब शर्मा अधिकारी, दलित संघका जिल्ला अध्यक्ष शिब परियार (याम), नेपाल बिद्यार्थी संघका नेता अच्युत तिवारी, नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य अगन्धर तिवारीले स्वर्गिय उपाध्यायप्रति श्रद्दाञ्जली व्यक्त गर्नुभयो ।
त्यस्तै जिल्ला सदस्य हेमराज शर्मा, बिपि स्मृती भवन सचिवालय सदस्य एवं कांग्रेसका जिल्ला सदस्य शिवप्रसाद सुबेदी, जिल्ला सदस्य थमनबहादुर थापा, तोपनाथ शर्माले श्रद्दाञ्जली व्यक्त गर्नुभयो ।
त्यस्तै तरुण दल फलेबास नगरसमितिका उपाध्यक्ष सरोज खनाल, नेपाल महिला संघकी सिता शर्मा कुश्मा १२ का सभापति कुमार सुबेदी, कुश्मा–१३ का सभापति अर्जुन सुबेदी, नेबिसंघका सुनिल चपाई, नेपाल शिक्षक संघका पुर्व क्षेत्रिय सभापति धनबहादुर थापा, कर्मचारी युनियन संघका पुर्व केन्द्रिय सदस्य किरण तिवारी, फलेबास–१ का वडाध्यक्ष्ँ बाबुराम शर्मा, युवा नेता भुपेन्द्र पोख्रेल लगायतले स्वर्गिय उपाध्यायप्रति श्रद्दाञ्जली व्यक्त गर्नुभएको थियो । वडा समितिले आयोजना गरेको कार्यक्रमको वडा सभापति बिनोदकुमार श्रेष्ठको सभापतित्व र सञ्चालन वडा सचिव चित्रप्रसाद शर्माले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!