राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाद्वारा छठको शुभकामना ब्यक्त - News site from Nepal
राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाद्वारा छठको शुभकामना ब्यक्त

काठमाण्डौ/ राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सूर्य र छठ माताको पूजा आराधना गरी मनाइने नेपालीहरूको महान पर्व छठ–२०७६ को अवसरमा शुभकामना सन्देश दिनुभएको छ ।
अध्यक्ष तिमिल्सिनाले स्वदेश तथा विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा छठको शुभकामना व्यक्त गर्दै सुख, शान्ति, समृद्धि, आपसी सद्भाव, एकता र उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको हो ।
अध्यक्ष तिमिल्सिनाले धार्मिक तथा साँस्कृतिक विविधताले सम्पन्न हाम्रो मुलुकमा मनाइने यस्ता चाडपर्वले सामाजिक र पारिवारिक जमघाट तथा सम्बन्धलाई सुमधुर बनाउनुका साथै एक आपसमा एकता कायम गर्न महत्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गर्नुभएको छ ।
उहाँले छठ पर्वले हामी सबै नेपालीमा राष्ट्रिय एकता, अखण्डता, मेलमिलाप, धार्मिक सहिष्णुता र सहमति कायम गर्दै नेपालको समृद्धिको सपना पुरा गर्न प्ररेणा मिलोस् भन्ने शुभकामना पनि ब्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!