पर्वतको पिपलटारीमा शान्तिका उपाय सम्वन्धि दुई दिने कार्यशाला सम्पन्न - News site from Nepal

पर्वत–चिल्ड्रेन नेपाल पोखराको आयोजनामा पर्वतको कुश्मा नगरपालिका वडा नं. १० पिपलटारीमा रहेको पुर्णेश्वर माविमा अभिभावकहरुका लागि शान्तिका उपाय सम्वन्धि दुई दिने कार्यशाला सम्पन्न भएको छ ।
कार्यशालामा पुर्णेश्वर माविमा अध्ययन गर्ने बालबालिका १८ जना अभिभावकहरुको सहभागिता रहेको थियो । कार्यक्रममा हिंसाका विकल्प कार्यक्रम नेपालका अध्यक्ष एवम् चिल्ड्रेन नेपालका अध्यक्ष भिमलाल गुरुङ, सहसंयोजक रमेश सुवेदी, सहायक संयोजक महन्द्र पौडेलले सहजीकरण गनुभएको थियो । सो अवसरमा शान्तिका उपाय के हो, दर्शन जीवन यात्रा, सहकार्य, समझदारी, सकारात्मक सोच, हिंसा के हो, शान्ति के हो, रुपान्तरणकारी शक्रि के हो, सुनौ, बोलौ, रिहास व्यक्त जस्ता विषयहरुमा सहजीकरण गरिएको थियो । कार्यक्रमको समापनका अवसरमा कुश्मा नगरपालिकाका कार्यवाहक अध्यक्ष दिवाकर तिवारीले समाजमा शान्ति स्थापनाका लागि यस्ता खालका कार्यक्रमको ठुलो भूमिका हुने बताउनुभयो ।
उहाँले गोष्ठीमा सिकेका कुराहरुलाई व्यवाहरमा उतार्न आग्रह गर्नुभयो । सो अवसरमा विद्यालयमा अध्ययन गर्ने ३० जना बालबालिकाहरुलाई चिल्ड्रेन नेपालका अध्यक्ष भिमलाल गुरुङले विदालय पोशाक, जुत्ता वितरण गर्नुभएको थियो । संस्थावाट सहयोग प्राप्त गरेका बालिकाहरु रहेका ३० जना बालिकाहरुमात्र रहेको सह संयोजक रमेश सुवेदीले जानकारी दिनुभयो । चिल्ड्रेन नेपालले शिक्षा क्षेत्रमा पु¥याएको सहयोग प्रसंसनिय रहेको विद्यालयका प्रद्यानाध्यापक सरोज केसीले बताउनुभयो । संस्थाका अध्यक्ष गुरुङले पुर्णेश्वर माविमा अध्ययनरत ३० जना जस्तै कास्की, नुवाकोट र काठमाण्डौमा गरी करिब चार सय जनालाई संस्थाले सहयोग गर्दै आएको छ । उक्त संस्थाले शिक्षकहरुलाई बाल मैत्री शिक्षण बारेमा तथा अभिभावकहरुलाई शसक्तिकरण गर्न सचेतनामुलक तालिम तथा कार्यशाला गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!