पर्वत–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कुश्मा नगर कमिटिको शपथग्रहण तथा पालिका कमिटीको पहिलो बैठक बिहीवार कुश्मामा सम्पन्न भएको छ । नेकपाको कुश्मा नगर सङ्गठन कमिटीको आयोजनामा शपथग्रहण तथा पहिलो बैठक सम्पन्न भएको हो ।
नवगठित नगरकमिटीका पदाधिकारी तथा सदस्यहरुलाई नेकपा केन्द्रिय सदस्य गुप्तबहादुर हमालले शपथग्रहण गराएका थिए । शपथग्रहण गराउँदै केन्द्रिय सदस्य हमालले सरकारले बुधवार ल्याएको आगामी आर्थिक वर्षको बजेट अत्यन्तै लोकप्रिय रहेको बताउनुभयो । उहाँले बजेटका राम्रा पक्षहरुलाई तल्ला तहसम्म पु¥याउन कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । पार्टी एकताले पुर्णता पाएसँगै संगठनलाई मजबुत बनाउने काम भैरहेको बताउँदै पार्टीको अभियानलाई गाउँकेन्द्रीत बनाइने बिश्वास दिलाउँनुभयो । नेकपाको सरकारले आगामी बर्षको बजेटबाट लोकप्रिय कार्यक्रम ल्याएको र अहिले सम्म बिपक्षीले चलाएका भ्रम चिर्ने काम बजेटबाटै भएको समेत उहाँको भनाई थियो ।
कार्यक्रममा नेकपा पर्वतका सचिब तथा प्रदेश कमिटि सदस्य सुदिप कुँवरले मुलुकमा पुंजीबादको बिकास गर्दै बैज्ञानिक समाजबादमा पुग्नका लागि पार्टी एकता भएकाले एकताको मर्म र भावना अनुरुप लाग्न नेता कार्यकर्तालाई आग्रह गरे । उनले सरकारका कामहरुको लाभान्वित जनता सम्म प्रतिफल पु¥याउन तथा प्रतिपक्षीका नकारात्मक हमलाको डटेर सामना गर्नुपर्ने बताए ।
नेकपा कुश्मा नगर कमिटीका अध्यक्ष शंकर गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा प्रदेश कमिटि सदस्य मेघनाथ सुवेदी, केशव कुँवर सिर्जनसिल, देवेन्द्रराज पाण्डे, मनरुपा सुवेदी, जेष्ठ कम्युनिष्ट मञ्चका केन्द्रिय सदस्य तोयानाथ चालिसे, जिल्ला सदस्य भक्त कुँवर, गोविन्द पहाडी लगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा स्वागत सोमनाथ पौडेल र संचालन मिनप्रसाद श्रेष्ठले गर्नुभएको थियो ।






