माघ ९ गतेदेखि १९ सम्म हुने छैटौ पर्वत महोत्सवको यस्तो छ तयारी - News site from Nepal

पर्वत-  समग्र पर्वत जिल्लाको आर्थिक तथा पर्यटकीय क्षेत्रको विकासका लागि आयोजित छैटौ पर्वत महोत्सवको तयारी तीब्र पारिएको छ ।
गण्डकी प्रदेश आन्तरिक पर्यटन वर्ष २०१९–२०२२ तथा नेपाल पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै स्थानीय उत्पादन, कला संस्कृति र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले माघ ९ गतेदेखि १९ गतेसम्म महोत्सव आयोजना गरिएको हो ।
पर्वत उद्योग बाणिज्य संघले यस पटक फरक ठाउँमा महोत्सव गर्ने भएको छ । विगतका वर्षहरुमा बजार भित्रै विभिन्न ठाउँलाई व्यवस्थापन गरेर गर्दै आएको महोत्सव यसपटक वडागाउँ खेल मैदानमा हुँदैछ । संघकै पहलमा खेल मैदानको निर्माण कार्य समेत रफ्तारमा भैरहेको छ ।
महोत्सव सम्पन्न गर्नका लागि ४८ उपसमितिहरु पनि बनाईएको छ । महोत्सव आउन तीन साता मात्रै रहँदा प्रचार प्रसार, आर्थिक संकलन लगायतका तयारीहरु भैसहेको मुल संयोजक केदारनाथ शर्माले जानकारी दिए ।
हरेक तीन तीन वर्षमा हुँदै आएको पर्वत महोत्सवमा यस वर्ष झण्डै २ सय ५० वटा स्टल रहने भएका छन् भने पाँच लाख दर्शक भित्र्याउने लक्ष्य राखिएको महोत्सवमा ५ करोडको कारोबार गर्ने अपेक्षा लिईएको छ ।
समग्र गण्डकी प्रदेशको पर्यटन प्रवद्र्धन, पर्वत जिल्लाका ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थलको प्रचार प्रसार, पर्वत जिल्लामा उत्पादित बस्तुहरुको प्रवद्र्धन र प्रचार प्रसार, लोक संस्कृतिको संरक्षण र सम्वद्र्धन, स्थानीय उत्पादन, उद्योग, व्यापार र व्यावसायको विस्तार र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पहिचान गराउने महोत्सवको उद्धेश्य रहेको छ ।
महोत्सवमा कालीगण्डकी नदिमा ¥याफ्टीङ,  नेपालकै अग्ला र लामा तीन वटा झोलुङ्गे पुल, कुश्मा बलेवा यान्त्रिक पुल, गुप्तेश्वर र अलपेश्वर गुफाको अबलोकन, विश्वकै दोस्रो अग्लो बञ्जीजम्प, अल्लोको कपडा, लोक्ताको नेपाली कागज, सुन्तलाको जुस, मह, जडिवुटी, अदुवा र लप्सीका परिकारहरुको प्रदर्शनी मुख्य आकर्षण रहेका छन् । त्यस्तै झाँकी प्रर्दशनी तथा जिल्ला स्थित विभिन्न जनजातिहरुका फरक फरक साँस्कृति कार्यक्रम, गण्डकी प्रदेश स्तरिय पुरुष भलिवल प्रतियोगिता, विद्यालय स्तरिय लोकनृत्य प्रतियोगिता, रत्यौली प्रतियोगिता, छेलो प्रतियोगिता, खुल्ला दौड, तिर हान्ने प्रतियोगिता राष्ट्रिय खानाका परिकार, स्थानीय उत्पादनहरुको विक्रि तथा औद्योगिक प्रदर्शनी, शैक्षिक, कृषि र फोटो प्रदर्शनी समेत गरिने भएको छ । त्यस्तै राष्ट्रिय तथा स्थानिय कलाकारहरुको प्रस्तुती, उत्कृष्ट स्टललाई पुरस्कारको व्यवस्था, पनि गरिने भएको छ ।
महोत्सवको मुख्य प्रायोजकमा प्रभु बैंक रहेको छ । त्यस्तै जिल्लाका सातवटै स्थानीय तहहरु सहआयोजकको रुपमा रहेका छन् ।
महोत्सववाट भएको आम्दानीले व्यवस्थित महोत्सव स्थल निर्माण गर्ने, पर्यटन वर्षको प्रवद्र्धनका लागि विभिन्न कार्यक्रम संचालन गर्ने, लघु तथा घरेलु उद्योगवाट उत्पादित सामानहरुको बजारीकरणका लागि सहयोग गर्ने, उद्योग बाणिज्य संघको कल्याणकारी कोषलाई भावकारी बनाउने लगायतका उद्धेश्य रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!