पर्वत । पर्वतको कुश्मामा रहेको कुश्मा हस्पिटल र कुश्मामै रहेको कामना सेवा विकास बैंकबीच एमओयु भएको छ । सम्झौतामा बैंकको तर्फबाट काना सेवा विकास बैंक गण्डकी प्रदेशका प्रमुख टुवराज बास्तोला र हस्पिटलको तर्फबाट प्रमुख तेजेन्द्र अधिकारिले हस्ताक्षर गरेका हुन् ।
सम्झौतामा बैंकको ग्राहक परिचय पत्र भएपछि हस्पिटलमा सबै सेवामा १० प्रतिशत छुट पाइने र औषधीको हकमा ५ प्रतिशत छुटको ब्यवस्था हुने गरी सम्झौता गरिएको हो । जसको लागि हस्पिटलमा उपचार गर्ने आउने सेवाग्राहीले अनिवार्य रुपमा बैंकको खाता खोलेको हुनुपर्ने र संस्थामा ग्राहक परिचय पत्र हुनुपर्ने उल्लेख गरिएको छ ।
बैंक र हस्पिटल संगको सहकार्य सधैव कायम रहने बैंकका गण्डकी प्रदेश प्रमुख टुवराज बास्तोलाले बताउनुभयो । उहाँले बैकले अहिले सम्म ९९ सय ठाउँबाट शाखारहित सेवा दिँदै आएको र यसै आर्थिक बर्ष सम्ममा १ सय २४ वटा सम्म शाखा खोल्ने र सेवा दिने समेत बताउनुभयो ।
उहाँले बैंकले १ हजारको स्नणिम बचत खाता खोल्ने सेवाग्राहिहरुलाई ८ लाख सम्मको बिमा दिइने समेत बताउनुभयो । सेवाग्राहीलाई बैंकसंगको सहकार्य बढाउन समेत आग्रह गर्नुभयो ।
पर्वत तथा छिमेकी जिल्ला बागलुङ र म्याग्दी आसपासका बिरामीहरुलाई अझै उत्कृष्ट सेवा तथा सुविधा प्रदान गर्नको लागि बैंकसंग संगै सहकार्य गरी अगाडि बढेको हस्पिटलका प्रमुख तेजेन्द्र अधिकारिले बताउनुभयो ।
चौविसै घण्टा सेवा दिने उदेश्यका साथ संचालनमा आएको कुश्मा हस्पिटलले एमविविएस डाक्टरसहितको अनुभवी टोलीबाट स्वास्थ्य परीक्षण गराइरहेको छ । हस्पिटलले आधुनिक ल्याब, भिडियो एक्सरे सेवा ,इमर्जेन्सी सेवा, काठमाडौं पोखराबाट आउने विशेषज्ञ सेवा, मुटु जाँच, गुणस्तरीय फार्मेसी, डेन्टल सम्बन्धी सेवा प्रदान गर्दै आएको छ ।
हस्पिटलमा १५ बेडसहितको सेवा आधुनिक प्रविधिको माध्यमबाट सेवा प्रदान गर्नुको साथै जेष्ठ नागरिकलाई विशेष प्रथामिकता र छुटका साथ बिरामीहरुलाई सेवा प्रदान गर्दै आएको छ । यसैवीच आज सोमबरनै बैकले कुश्मामा रहेको शान्ति दिप हस्पिटलसंग समेत सम्झौता गरेको कामना सेवा विकास बैंक कुश्मा शाखाका प्रमुख टक लामिछानेले बताउनुभयो ।






