सेल्स मिसन बिरगञ्जमा ः पर्यटन प्रवर्द्धनमा प्रदेश न. २ सँग सहकार्य तयार - News site from Nepal

वीरगञ्ज, १२ असोज
गण्डकी प्रदेशका पर्यटन मन्त्रि विकास लम्सालले आफ्नै स्रोत साधनको पहिचान गरी उचित तरिकाले परिचालन गर्न सक्यो भने नेपाललाई समृद्ध बनाउन कुनै समय नलाग्ने बताउनुभएको छ । मन्त्रि लम्सालले नजिकको तिर्थ हेला भनेजस्तै हामिले आफ्नै स्रोत साधनको सदुपयोग गर्न नसकेर बाह्य देशबाट किन्नुपर्ने बाध्यता रहेको बताउनुभयो ।

गण्डकी प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले सन्चालन गरेको गण्डकी पर्यटन प्रबद्र्धन अभियान अन्र्तगत आज बीरगंजमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्रि लम्सालले प्रदेश सरकारले प्रदेश समृद्धिको आधारमा पहिलो प्राथमिकता पर्यटनलाई राखेको बताउँदै गण्डकी प्रदेश पर्यटनबाटै समृद्ध बन्ने दावी गर्नुभयो । उहाँले सुनको थाल लिएर हामी अरुसँग मागिरहेकोले मुलुक समृद्ध हुन नसकेको धारणा राख्नुभयो ।

पर्यटन प्रवर्धनमा प्रदेश न. २ सँग सहकार्य गर्न गण्डकी प्रदेश सरकार तयार रहेको उहाँको भनाई छ । गण्डकी प्रदेश सरकारले गण्डकी एयरलाईन्स नै खोलेर भएपनि ७ वटै प्रदेशमा हवाई मार्गसँग जोडने तयारी थालेको बताउँदै सिमाराबाट पोखरा सम्मको हवाई सम्पर्क पनि आगामी दिनमा छिटै सन्चालन गर्ने दृढता व्यक्त गर्नुभयो ।

कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीले जलस्रोतबाट भन्दा बढी आन्दानी पर्यटनबाट हुन सक्ने बताए । पोखरा पर्यटन परिषदका अध्यक्ष चिरञ्जीवि पोखरेलले प्रदेश नं २ र गण्डकी प्रदेशको पर्यटनलाई जोडर समृद्धि हाँसिल गर्न सकिने बताउनुभयो । गण्डकी पर्यटन प्रवर्धन अभियानका संयोजक जुद्धबहादुर गुरुङले प्रदेश ५, ३, २ र १ मा कार्यक्रम गरिसकेपछि तिहारपछि बाँकी प्रदेशमा समेत अभियान सञ्चालन गर्ने बताए ।

कार्यक्रममा वीरगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष गोपाल केडिया, पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा लगायतले पर्यटनको पर्वद्र्धन गरी समृद्धी हासिल गर्न सकिने कुरामा जोड दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!