आज देशलाई खुला दिसामुक्त घोषणा गरिँदै - News site from Nepal
आज देशलाई खुला दिसामुक्त घोषणा गरिँदै
काठमाडौं : आज देशलाई खुला दिसामुक्त राष्ट्र घोषणा गरिँदैछ। प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंमा एक समारोहकाबिच नेपाललाई खुला दिसामुक्त घोषणा गर्ने कार्यक्रम रहेको छ।
घोषणासँगै नेपाल दक्षिण एसियाली राष्ट्रहरुमध्ये नेपाल खुला दिसामुक्त राष्ट्र घोषणा हुनेमा पहिलो हुनेछ। नेपालमा २०६८ सालदेखि खुला दिसामुक्त मुलुक बनाउने अभियान शुरु भएको थियो। खानेपानी मन्त्रालयका अनुसारअनुसार हालसम्म देशका कूल ५६ लाख ६० हजार २ सय १४ घरधुरीहरुमा शौचालय बनिसकेका छन्।
नेपालका करिब सबै घरधुरीहरुमा सरसफाइको आधारभूत सुविधा एवं शौचालयको पहुँच पुगेको र देशका ७७ वटै जिल्लाहरु खुला दिसामुक्त भइसकेकोले आज देशलाई खुला दिसामुक्त घोषणा गर्न लागेको हो।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!