पर्वत– नेपाली काँग्रेस पर्वतले पार्टी सचिव श्रेष्ठको आइतवार काठमाण्डौमा भएको निधनप्रति दुख व्यक्त गरेको छ ।
पार्टी सभापती खिमप्रसाद भुसालद्धारा सोमवार एक शोक वक्तव्य जारी गदैै दुःख व्यक्त गरिएको हो । पार्र्टीले श्रेष्ठको सुनियोजित तरिकाले हत्या भएको ठहर समेत गरेको छ । साततला बाट खसेका श्रेष्ठ पछारिएको स्थलमा रगत समेत नदेखिएको, शरिरका कुनै अंगमा चोट नलागेको र सिटी सेण्टरको सिसि क्यामेराको कुनै फुटेज समेत नदेखिनुजस्ता कारण उहाँको हत्या भएको पार्टीले दाबी गरेको हो ।
श्रेष्ठको निधन सुनियोजित भएको भन्दै गम्भिर तरिकाले छानविन गर्न वक्तव्य मार्फत माग गरिएको छ । श्रेष्ठको पार्थिव शरिरलाई आजै पशुपति आर्यघाटमा लगेर दाहसंस्कार गरिएको छ ।
५४ वर्षिय श्रेष्ठको राजधानीको सिटी सेण्टरको भवनको सात तलाबाट खसेर आइतवार दिउँसो घटनास्थलमै ज्यान गएको थियो । उक्त घटनालाई विभिन्न क्षेत्रबाट विभिन्न कोणबाट टिप्पणी भैरहेको छ । एकथरिले बालुवाटार जग्गा प्रकरणमा मुछिएकोले हत्या भएको हुन सक्ने आँकलन गरेका छन् भने एक थरीले आत्महत्या भएको भनेका छन् । यद्यपी महानगरीय प्रहरीले भने उक्त घटनाको विस्तृत छानविन भैरहेको जनाएको छ ।






