प्रधानमन्त्री ओलीलाई चढाइयो प्लेटलेट्स - News site from Nepal
प्रधानमन्त्री ओलीलाई चढाइयो प्लेटलेट्स

काठमाडौं : एपेन्डिक्सको शल्यक्रियापछि तीन दिनदेखि आईसीयूमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिहीबार ‘प्लेटलेट्स’ चढाइएको छ।
यसबारे अस्पतालले आधिकारिक रूपमा कुनै जानकारी नदिए पनि उपचारमा संलग्न चिकित्सकहरूका अनुसार शल्यक्रिया र डायलासिसका कारण ओलीलाई प्लेटलेट्स चढाउनु परेको समचार कान्तिपुर दैनिकमा छ।
प्लेटलेट्स रगतमा रहने एक प्रकारको कोषिका हो, जसले घाउ वा चोटपटक लाग्दा रगतलाई बग्नबाट रोक्छ। साथै क्षतिग्रस्त तन्तुलाई ठीक पार्न सघाउँछ। एपेन्डिसाइटिससँगै पेरिटोनाइटिस ९पेटको संक्रमण०समेत देखिएपछि गत मंगलबार ओलीको आकस्मिक शल्यक्रिया गरिएको थियो। मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक प्रा.डा. उत्तमकृष्ण श्रेष्ठले विज्ञप्ति जारी गरेर प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार देखिएको जनाएका छन्।
ती चिकित्सका अनुसार प्रधानमन्त्रीलाई डायलासिसको आवश्यकता पहिलेभन्दा बढेको छ। २४ घण्टामा १०० सयदेखि १५० मिलमिटर पिसाब भइरहेको उल्लेख गर्दै उनले भने, ‘डायलासिसको आवश्यकता अब झन् बढ्छ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!