लक्ष्मण विसी
पर्वत–पर्वतको फलेवास नगरपालिकाको चौथो नगर सभा सुरु भएको छ । आज बसेको नगरसभाको पहिलो बैठकमा ३ वटा बिधेयक सभामा पेस गरिएको छ । सामाजिक विकास समितिका संयोजक गंगाधर शर्माले नगरपालिकाको स्वास्थ्य सम्बन्धि बिधेयक २०७६’ सभामा प्रस्तुत गर्नुभयो भने बिधान समितिका संयोजक हरिराम रेग्मीले फलेवास नगरपालिकाको सरसफाइ सम्बन्धि बिधेयक २०७६ सभामा प्रस्तुत गर्नुभयो ।
त्यस्तै सामाजिक विकास समितिका संयोजक अर्जुन बहादुर केसीले फलेवास नगरपालिकाको बालबालिका सम्बन्धि बिधेयक २०७६“ सभामा प्रस्तुत गर्नुभएको छ । स्थानीय नगरवासिलाई आधारभूत स्वास्थ्य र सरसफाइ सेवा प्रदान गर्नको लागि नेपालको संविधान २०७२ को धारा २२१ अनुसार सोही संबिधानको अनुसूची ८ को सुची नं. ९ र १० का अधिकारहरुलाई फलेवास नगरपालिकाले स्वास्थ्य बिधेयक बनाएको हो । क्लिन फलेवास, ग्रीन फलेवास निर्माण र आधारभूत स्वास्थ्य तथा सरसफाइमा नगरवासिलाई जागरुक गराउने, जनचेतना अभिवृद्धि गरि स्वच्छ र सरसफाइ युक्त नगर बनाउनको लागि सरसफाइ सम्बन्धि बिधेयक बनाईएको हो ।
त्यस्तै नगरपालिकालाई बालमैत्री नगरको रुपमा स्थापित गराउने अभिप्रायले बालबालिकाको हक अधिकारलाई व्यवस्थित गर्नको लागि बालबालिका सम्बन्धि बिधेयक जारी गरिएको नगरपालिका प्रवक्ता टिकाराम गौडेलले जानकारी दिनुभयो । चौथो नगरसभाको दोस्रो बैठक भोलि दिउसो १२ः३० बजेबाट सुरु हुनेछ ।
भोलि हुने सभामा प्रस्तुत बिधेयक माथी आएका टिप्पणीहरुको सभा अध्यक्ष पदमपाणी शर्माले जवाफ दिने र बिधेयक पारित गरेन साथै आर्थिक बर्ष २०७५र०७६ को संसोधित बजेट तथा कार्यक्रम पेस गर्ने, कार्यक्रममा टिप्पणी तथा जवाफ र संसोधित बजेट तथा कार्यक्रम पारित गरियोस् भन्ने प्रस्ताव पेस गरि नगरसभा सम्पन्न हुनेछ ।





