पर्वत- नेपाली काँग्रेसको राष्ट्रिय जागरण अभियान आज पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोटमा सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवम् जागरण अभियान पर्वतका प्रतिनिधी चिनकाजी श्रेष्ठले वर्तमान सरकार संघियताको मर्म विपरित अगाडी बढि हरको बताउनु भएको छ ।सरकारका कारण न्यायपालिका, कार्यपालिकालाई सत्ताको आडमा लिएर सरकार अगडी बढिरहेको आरोप लगाउनु भयो ।
उहाँले नेपाली काँग्रेसले प्रतिपक्षको भूमिका सशक्त बनाउनका लागि जागरण अभियान सञ्चालन गरेको बताउनु भयो । पार्टीले अन्तरविरोध हटाई बहुमतको दम्भ देखाउने सरकारको सशक्तरुपमा विरोध जनाउनका लागि अभियानले सहयोग पुग्ने बताउनु भयो ।
कार्यक्रममा नेपाली काँग्रेस पर्वतका सभापति खिमप्रसाद भुषालले कार्यकर्ताका गुनासो तथा पार्टीले आगमी दिनमा खेल्नुपर्ने भूमिकाका विषयमा जागारण अभियान शुरु गरेको बताउँदै पर्वतमा जागरण अभियान सफल भएको बताउनु भयो । कार्यक्रममा नेपाली काँग्रेसका महासमिति सदस्य बसन्तवहादुर सिके, नेपाली काँग्रेसका महाधिवेशन तथा कुश्मा नगरपालिका मेयर रामचन्द्र जोशी लगायतले बोल्नु भएको थियो ।
सभापति खिमप्रसाद भुषालको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य महाधिवेशन प्रतिनिधी तथा कुश्मा नगरपालिका उपमेयर सिता काफ्ले लामिछाने र कार्यक्रमको संचालन नेपाली काँग्रेस पर्वतका जिल्ला सदस्य सरस्वती शर्मा जिज्ञासूले गर्नुभएको थियो ।






