
पर्वत ः पर्वतको मोदी गाउँपालिका वडा नंं. ८ चित्रेमा कुटपिटबाट एक युवाको हत्या भएको छ ।
गत मंगलवार राती ९ बजेको समयमा सँगै बसेर मदिरा सेवन गरेका युवाहरुबीच झगडा हुँदा स्थानीय ३३ वर्षिय सन्तोष भन्ने गंगाप्रसाद विकको हत्या भएको हो । चित्रे स्थित नेपाने सादी खोलामा कुटपिट गरी वि.क.लाई मारेको आरोपमा स्थानीय दुई युवा पक्राउ परेका छन् ।
युवाको हत्या भएका सुचना पाए लगत्तै प्रहरी नायव उपरीक्षक भुवनेश्वर तिवारीको नेतृत्वमा खटिएको टोलीले सोहि ठाउँको सामुदायिक जंगलमा लुकिछिपि रहेको अवस्थामा २३ वर्षिय दलवहादुर नेपाली र २३ वर्षकै रविन सुनारलाई पक्राउ गरीएको छ । पक्राउ परेका युवाहरुको प्रारम्भिक बयानका क्रममा घटना स्वीकार गरेका छन् भने मुख्य अभियुक्त २६ वर्षिय कृष्ण वहादुर सुनार फरार रहेको र निजको खोजी कार्य जारी रहेको छ ।
मंगलवार राती ९ बजेको समयमा मृतक गंगा प्रसाद विक. र पक्राउ परेका नेपाली र सुनार तथा फरार रहेका कृष्णलेसंगै वसी मादक पदार्थ सेवन गरी घर फर्कने क्रममा सामान्य विवाद हुँदा तीन जना मिलेर गंगाप्रसादको हत्या गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका युवाहरुलाई बिहीवार पर्वत जिल्ला अदालतवाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान कार्य भैरहेको प्रहरी नायब उपरिक्षक भुवनेश्वर तिवारीले जानकारी दिए ।
मृतक विकको शब पोष्टमार्टमका लागि जिल्ला अस्पताल पर्वतमा राखिएको छ ।
तस्विर ः पक्राउ परेका अभियुक्तहरु जिल्ला प्रहरी कार्यालयमा सार्वजनिक गरिँदै